Logo

अमेरिकाको क्यालिफोर्नियामा पृथ्वी जयन्ती press release


अमेरिकाको क्यालिफोर्नियामा पृथ्वी जयन्ती मनाउने तयारी

अमेरिकाको क्यालिफोर्नियामा नेपालका राष्ट्र निर्माता पृथ्वी नारायण शाह को २९६ औँ जन्म जयन्तिको उपलक्षमा पृथ्वी जयन्ती तथा राष्ट्रिय एक्ता दिवस मनाउन एक मूल समारोह समिती को गठन भएको छ। युवा समाजसेवी प्रिन्स युवराज कार्की उक्त कार्यक्रमको सँयोजक रहेको र सो मूल समारोह समितिमा सामाजिक अगुवाहरु अनिल पाण्डे ,उत्तम क़ार्कि,चन्द्र धितालयज्ञ प्रसाद नेपाल तथा मणी नेपाली पनेरु रहनु भएको छ। वीर पुर्खाहरुको सम्मान गरौँ भन्ने नाराका साथ सम्पन्न हुन लागेको सो कार्यक्रम मदरल्यान्ड नेपाल, (www.mottherlandnepal.org )पश्चिम अमेरिका नेपाली महासंघ (WANA), नेपाल विश्व सहयोग संघ (NAGC) तथा लायन्स क्लब अफ सान लियान्ड्रो मनकामना प्रमुख आयोजक रहेका छन भने उत्तर क्यालिफोर्नियाका बिभिन्न संघ संस्थाहरु को सहभागीता रहेको छ।

बिभिन्न कार्यक्रमका साथ मनाइने सो समारोह समितिका सँयोजक प्रिन्स युवराज कार्किले कार्यक्रम भव्य र सभ्य हुने विश्वास व्यक्त गर्दै सम्पूर्णलाई सकृय सहभागीताको आव्हान गर्नु भयो। समाजसेवी धितालले राष्ट्र निर्माता भनेको कुनै बर्ग वा दल बिशेषको पेवा नभई सबैको साझा पिता भएकोले सबैले सम्मान गर्न पर्ने बताउनु भयो। आयोजकहरुले कार्यक्रमहरुको तयारी पूरा भईसकेको र सो कार्यक्रमलाई अझ सहभागीता मूलक र प्रतिनिधि मुलक बनाउन गृहकार्य भईरहेको वताउनु भएको छ। देशको राष्ट्रियतामा आँच आईरहेको बेला पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस समय सान्दर्भिक र प्रसँसनी भएको पर्यवेक्षकहरुले टिप्पणी गरे ।

मितीशनीवार  जनवरी १२२०१९

समयअपरान्ह ५ बजे 

ठेगाना: 1269 MacArthur Blvd, San Leandro, CA 94577

Best Regards
Prince Yubraj Karki

Mobile: 510-509-4340

प्रतिक्रिया दिनुहोस्