Logo

लागुऔषध नियन्त्रणमा प्रहरी सक्रिय


२४ पुस -खुला सीमाका कारण रुपन्देहीमा लागुऔषध प्रयोगकर्ताको सङ्ख्या बढ्दै गएपछि नियन्त्रणका लागि प्रहरीले सक्रियता बढाएकोछ । प्रहरीले पछिल्लो एक हप्तामा १३ जना लागुऔषधका कारोवारीलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुटवलले सोमबार बुटवलमा पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको हो । पक्राउ परेकामध्ये १० रुपन्देही, एक स्याङ्जा, एक खोटाङ र एक नवलपरासीका रहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक डिलबहादुर मल्लले जानकारी दिनुभयो । बेलहिया नाकामा प्रहरीले कडाइ गरेपछि लागुऔषधका कारोवारीले अहिले नवलपरासीको सीमानाकाको प्रयोग गरी लागुऔषधको कारोवार गर्ने गरेको बताइएको छ । पक्राउ परेका सबैलाई लागुऔषधसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको छ ।
(रासस)

प्रतिक्रिया दिनुहोस्