Logo

गर्भवती महिलाले के खाने ? के छुन पनि हुदैन


महिला को शरीर एक प्रकृति समान हुन्छ l पृथ्वीको सर्वश्रेष्ठ प्राणी को बिकाश त उत्पादन एक कोषबाट सुरु गरेर लाखौ मिलियन कोष को सिर्जना गर्ने जननी माताको गर्भावस्था मा बच्चा को सर्बोच्च बिकाशका लागी आवस्यक पर्ने खानपान को बारे यो भिडियो तयार पारिएको छ l

एक वयस्क मनिषलाई २१००  क्यालोरी शक्तिको आवश्यककता पर्दछ जुन मानिशले आफ्नो दैनिक खानपान को माध्यमबाट प्राप्त गर्दछ l तर बिडम्बना हामी नेपाली र बिशेष गरी महिलाले उचित खानपानको अभावमा यति शक्ति प्राप्त गरिरहेका हुदैनौ र कुपोषित भईरहनु परेको छ l अझ एक गर्भवती महिलालाई थप ३०० क्यालोरी को आवस्यकता पर्दछ (जम्मा २४०० क्यालोरी प्रतिदिन ) जुन खानपानको अबैज्ञानिक प्रयोगबाट महिला हरुले पाई रहेका छैनन् l

नेपाली मूल्यमान्यता र परम्पराले अझ गर्भवती महिलाको दैनिक खानपानमा धेरै असर पुर्याएको छ l जसले गर्दा देशका भावी पुस्ता कुपोषित अवस्थामा गर्भबाटै जन्मिन बाध्य छन् l म एक नर्सिङ को बिद्यार्थी भएको नाताले सबै नेपाली महिलामा गर्भावस्थामा उचित खानपानको मात्र मिलोस र घरमा उपलब्ध खानेकुरालाई मिलाएर आवस्यक शक्तिको मात्रा पुगोस भनेर यो भिडियो तयार परेको छु (लेखिका र भिडियो सर्जक पीबिबिन तेश्रो बर्षमा अध्यनरत बिधार्थी हुन्  )

प्रतिक्रिया दिनुहोस्