Logo

अशोक दर्जीको गाउँमा घट्यो यस्तो दुखद घटना, आगलागी बाट घरसगै गाई बाख्रा जलेर खरानी – १५ लाख बढी क्षती ‘भिडियो सहितत्’


झापा- अशोकको छिमेकमा रहेको एक घरमा आगलागी भएको छ । झापाको दमक नगरपालिका वडा न २ स्थित हरिप्रसाद निरौलाको घर तथा गोठमा बिहीबार बिहान ६ बजे भएको आगलागीबाट एक घरसहित १ गाई, २ बाख्रा र घरभित्र रहेका महत्वपुर्ण कागजात, खाद्यान्न, लत्ताकपडा पूर्णरुपमा जलेर नष्ट भएको छ ।

बिहीबार बिहान दमक २ मा भएको आगलागीमा दमकल आगो निभाउन पुग्यो तर आधा पानी भने बाटोमा नै चुहिएर सकिएको थियो । दमकल पुरानो र बिग्रेकोले गर्दा पर्याप्त मात्रामा आगो निभाउन दमकलमा पानी नभएकोले धेरै धनमालको क्षति भएकोसमेत स्थानियहरुले बताएका छन् । साथै स्थानीयवासीहरुले तत्काल उक्त दमकलको मर्मत गरिनुपर्ने माग स्थानीय सरकारसंग गरेका छ्न् ।

भिडियो हेरेर पुरा जानकारी लिनु होला:

प्रतिक्रिया दिनुहोस्