Logo

स्वर्गीय रोहित पुनको परिवारलाई तरुण दलको सहयोग, केन्द्रीय अध्यक्ष बस्नेतको यस्तो प्रतिबद्धता


केहि समय अगाडी हत्या गरिएको नेपाल तरुण दल रोल्पा नगर अध्यक्ष रोहित पुनको परिवारलाई राहत प्रदान गरिएको छ । नेपाल तरुण दलको केन्द्रीय कार्यालयमा एक कार्यक्रम बीच स्वर्गीय रोहित पुनको श्रीमतीलाई उक्त सहयोगहरु हस्तान्तरण गरिएको हो ।

उनलाई सहयोग स्वरूप नेपाल तरुण दल नेदरल्याण्डको तर्फबाट रु. ५०,००० , त्यस्तै नेपाल तरुण दल सिन्धुपाल्चोकको तर्फबाट रु. ३२००० र नेपाल तरुण दल भक्तपुरको तर्फबाट रु. १८,००० सहयोग गरिएको छ ।

नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जित जंग बस्नेतको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा अध्यक्ष बस्नेतले सहयोग गर्ने सबै जिल्ला अध्यक्षहरुलाई धन्यवाद समेत ज्ञापन गर्नुभएको छ । यस्तै उहाले आगामी दिनमा पनि सहयोग जुटाउने क्रम जारी रहने प्रतिबद्धता समेत जाहेर गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्