Logo

के बन्दैछ पृथ्वीनारायण शाहको कथामा फिल्म ? सार्वजनिक भयो यस्तो तस्बिर


पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर हिजो निर्देशक सौरभ ढकालको फेसबुक वालमा एउटा तस्बिर पोस्ट भएको छ । हेर्दा असामान्य लाग्ने उक्त तस्बिर कुनै चलचित्रको जस्तो देखिन्छ । त्यो हेर्दा सजिलै अनुमान लगाउन सकिन्छ कि उक्त तस्बिर कुनै चलचित्रको शट लिदै गर्दाको तस्बिर हो । किन भने उक्त तस्बिरमा स्पष्ट रुपमा सिन नं ७, शट नं २ र सी.जी. आई प्रि भिज्युअलाइजेसन लेखिएको छ ।

साथमा उक्त तस्बिरमा फिल्म बाई सौरभ ढकाल पनि लेखिएको छ । यो सबै कुराले नै स्पष्ट पार्छ कि यो कुनै चलचित्रको कुनै एक सिनको तस्बिर हो । तर के हो यसको वास्तविकता यो भने अहिले नै खुलासा गरिएको छैन । हुन त केहि समय अगाडी नै निर्देशक सौरभ ढकालले पृथ्वीनारायण शाहको कथामा चलचित्र बनाउन लागेको समाचार बाहिर आएको थियो । यसले त्यहि समाचार तर्फ पनि ध्यान केन्द्रित बनाउछ तर यसको आधिकारिक जानकारी भने आएको छैन ।

तस्बिर हेर्दा यो नेपालमा अहिले सम्मकै एकदमै धेरै भिज्युल इफेक्ट प्रयोग गरेर वि.सं. १८२५ नेपालको चित्रण गरेको देखिन्छ । यसबाट नै यस चलचित्र बजेट निकै माथि पुग्ने अनुमान लगाउन सकिन्छ तर कति बजेटमा यो चलचित्र निर्माण होला त ? यहि हिसाबले कलाकारहरुको छनोट पनि निकै अब्बल तरिकाले हुन सक्ने देखिन्छ । आखिर को को कलाकार यस चलचित्रमा अनुबन्दित हुने हुन् यो सबै कुरा यति बेला कौतुहलताको बिषय बनेको छ । यो सबै कुरा त अब समयले नै बताउने छ ।

प्रतिक्रिया दिनुहोस्