Logo

मलेसियामा सकियो चार्ली तामाङ निर्देशित अर्को भिडियो, छायांकनको तस्बिर सार्वजनिक


एक पछि अर्को भिडियो धमाधम निर्देशन गर्दै आईरहेका चार्ली तामाङ पछिल्लो समय अझ बढी ब्यस्त हुन थालेका छन् । हुन त उनि हाल मलेसियामा रहेका छन् तर उनले समयको सहि तरिकाले व्यवस्थापन गरेर म्युजिक भिडियो निर्देशनलाई अगाडी बढाई रहेका छन् ।

हुन त उनको विधा डान्स हो तर त्यो संग संगै उनले आफुलाई म्युजिक भिडियो निर्देशन गर्न सक्ने क्षेमतावान बनाएका छन् । उनले निर्देशन गरेको नया म्युजिक भिडियोको छायांकनको केहि तस्बिरहरु सार्वजनिक भएको छ ।

सार्वजनिक तस्बिरले भिडियो प्रेमभाव समेटेर निर्माण भएको देखाउछ । चार्ली तामाङको छायांकन र निर्देशनमा यो भिडियो तयार भएको छ ।

दीपक बराईलीको स्वरमा यो गीत तयार भएको हो । भिडियोमा कुसुम गाहा मगर र सावल तामाङको अभिनय रहेको छ । भिडियो अहिले सम्पादनको टेबुलमा रहेको छ ।

आफुले सक्दो कोशिश गरेर भिडियो राम्रो बनाउने प्रयास गरेको निर्देशक चार्ली तामाङले बताएका छन् । यस्तै उनले आफुलाई अहिले सम्म दिनुभएको भन्दै सबै दर्शकप्रति आभार प्रकट गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्