Logo

राजेश अर्यालको “आई लव यु आई मिस यु” मा आँचल र सुनिल, युटुबमा अत्याधिक रुचाईदै


पछिल्लो समय एक पछि अर्को गीत बजारमा लिएर आउने गीतकारको नाममा राजेश अर्यालको नाम अग्र स्थानमा देखिन्छ । उनले निकै कम समयमा धेरै गीत बजारमा लिएर आईसकेका छन् । सबै किसिमको गीत उनले दर्शक श्रोताको अगाडी पेश गरिरहेका छन् । यहि बीच उनको फेरी नया गीत बजारमा यति बेला रिलिज भईसकेको छ । उनको आफ्नै शब्दमा “आई लव यु आई मिस यु” बोलको गीत बजारमा सार्वजनिक भएको हो ।

गीतमा भूपू पाण्डेको संगीत र अरेन्ज रहेको छ । गायक सोम सुब्बाले गीतमा आफ्नो सुमधुर स्वर भरेका छन् । गीतको शब्द र संगीत पक्ष बलियो देखिन्छ भने म्युजिक भिडियो उस्तै आकर्षक बनेको छ । ज्ञानेन्द्र शर्माको छायांकन, विकास ज्ञवालीको सम्पादन, निश्चल केसीको कोरियोग्राफी र शिशिर श्रेष्ठको निर्देशनमा यो भिडियो तयार भएको हो । भिडियोमा सुनिल क्षेत्री, आँचल शर्मा र रमेश बाबुको अभिनय देख्न सकिन्छ ।

भिडियो रिलिज हुन साथ अहिले निकै चर्चा पाईरहेको छ । भिडियो रिलिज भएको २ दिनमा नै युटुबमा यस भिडियोले डेढ लाख माथिको भिवर्स प्राप्त गर्न सफल भएको छ । यस किसिमको साथ र मायाको लागि दर्शक श्रोताहरुलाई गीतकार राजेश अर्यालले धन्यवाद ज्ञापन गरेका छन् । यस्तै आगामी दिन पनि यस्तै माया र साथ दिनुहुनको लागि आग्रह समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्