Logo

करेन्टले हात गुमाएका कृष्णलाई रुपाले माया गरिन तर मेघालाई जीवनले डिभोर्स दिए (हेर्नुहाेस् दुवैजनाकाे भिडियो)


पछिल्लो समय करेन्ट लागेर दुवै हात र एक खुट्टा गुमाएका कृष्ण ओली सामाजिक सञ्जालमा भाईरल भएसँगै त्यस्ता पीडितहरु मिडियामा आउनेक्रम एउटा अभियान जस्तै अघि बढेको छ । पौष १७ अर्थात जनवरी १ मा कृष्ण ओली र रुपा ओलीको खबर ऋषिराम खड्काले सिधान्युजमा लेखेपछि अहिले विशेषत करेन्ट लागेर हात खुट्टा गुमाएका शारीरिक अपाङ्गता भएका व्यक्तिहरु मिडियामा दिनाहुदिन थपिने क्रम बढ्दो छ ।

कृष्ण जस्तै करेन्टबाट पीडित बनेकी बिराटनगरकी २२ वर्षीया मेघा घिमिरे युट्युब मार्फत सहयोगको अपिल गर्दै केहि साता अघि काठमाडौँ आईन । नेपाल आर्मी बनेर देशको सेवा गर्ने सपना बोकेकी मेघाको सपना करेन्ट लागेर हात गुमेपछि सपना सपना नै रह्यो ।२०७२ सालमा हाइ भोल्टको करेन्ट लागेर दुबै हात गुमाएपछि मेघाले हातमात्र गुमाईनन बाँचे सँगै मरे सँगै भनेर प्रेम बिवाह गरेका श्रीमानको पनि साथ पाउन छोडिन । अपाङ्गतासँगै मेघाको जीवन थप कष्टकर बन्दै गयो । विराटनगरकै विकास कार्कीसँग प्रेम बिबाह गरेकी मेघासँग आफुँ अपाङ्ग भएपछि न आँसु पुछ्ने हात छ नत श्रीमानको साथ नै भयो

आर्थिक अवस्था कमजोर भएका मेघाका बुबा पिएनको जागिर खान्छन, भने आमा एउटा झुल फ्याक्टीमा मजदुरी गर्छिन । घरापक्षले वास्ता नगरेपछि उनको उपचारमा माईतिको घर खेत सकियो । अहिले पनि मेघाको निरन्तर उपचार गर्नुपर्नेछ तर उपचार खर्च अभाव भएपछि मेघा मिडियामा आईन, मेघा मिडियामा आएपछि मेघाका श्रीमान पनि मिडियामा आए । श्रीमान मिडियामा आएपछि मेघा र उनका श्रीमान विकास बीच आरोप-प्रत्यारोपहरु भए ।

अन्ततस् माघ २२ गते आपांग मेघालाई प्रेम बिवाहा गरेका जीवन कार्कीले छलफल गरिपाउँ भन्दै वडा कार्यालयमा निवेदन दिए । त्यसै निवेदन उपर छलफल गर्दै केहि रकम तिरेर जीवनले मेघा सँग संबन्ध विच्छेद गरेका छन । यहाँनेर सम्झना लायक घटना के छ भने दुई हात र खुट्टा गुमाएका कृष्ण ओलीलाई रुपाले सम्पूर्ण दुख पिडा सहेर चोखो माया दिएर राख्न सक्छिन अथवा छोडदिनन भने मेघालाई पनि त जीवनले माया दिन सक्थे भन्ने प्रश्न नेपाली जनमानसमा देखिएको छ ।

हेर्नुहोस् भिडियोमाः

प्रतिक्रिया दिनुहोस्