सारङगीबाट मान्छेको स्वर निकाल्ने चौबे काका, यसरी रमाईलो गरे अन्तरवार्तामा ‘भिडियो’
गन्धर्व जाति वा गाइने जाति खस समुदायका एक विभाजन हो । सहर र गाउँमा भएका घटनाक्रमलाई गीतको माध्यबाट सुन्नेको मन छुनेगरी र्याइँर्याईं सारङ्गी रेट्दै सूचना दिन घरघरमा डुल्ने हुन्। गन्धर्व जातिले नेपालको लोककलालाई संरक्षण गरेका छन्। यो उनीहरूको पुख्र्यौली पेसा हो। पछिल्लो समयमा यो कलालाई निरन्तरता दिनेको संख्या घट्दै गएको छ। यस जातिका युवा विदेश पलायन हुन छाडेका छैनन्। उनीहरूको जीवन्त आवाज विद्युतिय माध्यममा आउन थालेपछि यो कला ओझेलमा परेको छ।
त्यस्तै मोरङको उर्लाबारी नगरपालीका मंगलबारेमा एकजना चौबे गन्धर्व नाम गरेको काका भेटिनु भएको छ। भोजपुर घर भएका काका आफ्नो परीवारको पेट पाल्न र लोभ हुदै गएको पुख्र्यौली पेसाको जगेर्ना गर्दै गुजारा गर्दै हुनुहुन्छ । उहाले भिडियोमा सारङ्गी रेट्दै मान्छेको आवाज हुबहु निकाल्नु भएको छ । त्यतीमात्र होईन नेपाली मन छुने गित पनी गाउनु भएको छ । झन जननेता मधन भण्डारीको रहस्यमय मृत्यु पछिको र्याइँर्याईं सारङ्गी रेट्दै गाएको गितले त सबैको मन रुने छ ।
भिडियो हेर्नुस्: