फाकिएका कागज बाट पेन्सिल निर्माण सुरू ( भिडियो सहित )
झापा । झापाको दमकमा कागज बाट पेन्सिल निर्माण सुरु गरीएको छ ।
झापाको दमकका निर्मल दाहालले बिदेशमा देखेका कुरालाइ स्वदेशमा आएर प्रयोग गर्न सुरु गरेका हुन् । उनले पढी सकेका पत्र पत्रिका तथा फालिएका कागज बाट पेन्सिल उत्पादन गदै आएका छन् । नेपालमै पहिलो पटक यस प्रविधिबाट पेन्सिल उत्पादन हुदै आएको दाहालले दाबी गरेका छन् । ३ वर्ष सम्म कुबेतमा काम गरेर फर्केका उनले काम गर्ने क्रममा त्यहाँ प्रयोग हुने अधिकांश पेन्सिलहरु कागजबाट बनेको देख्दा उनमा यो प्रविधिबाट आफ्नै देशमा पेन्सिल उत्पादन गर्ने सोच पालाएको उनले बताए ।
अहिले चलन चल्तिमा रहेका काठको पेन्सिलले वातावारणमा समेत असर गर्ने हुनाले कागजको पेन्सिल वाताबरण मैत्री भएको समेत उनले बताए । दाहालले ६ महिना अघि देखी ३० लाखको लगानीमा सगरमाथा पेन्सिल उत्पादन गर्दै आएका छन् ।
उधाेग संचालक संग गरीएको कुराकानी ( भिडियो )