Logo

बैंग्‍लोरविरुद्ध सन्दीपको महँगो बलिङ, टी-ट्वान्टीमा ५० विकेट


इण्डियन प्रिमिएर लिग (आइपीएल) क्रिकेटमा यसअघिका ३ खेलमा किफायती बलिङ गरेका नेपाली लेगस्पिनर सन्दीप लामिछाने रोयल च्यालेन्जर्स बैंग्लोरविरुद्ध महँगो सावित भएका छन् । यसअघि ३ खेलमा ४ विकेट लिएका सन्दीप चौंथो खेलमा बैंग्लोरविरुद्ध महँगो सावित भएका हुन् ।

आफनो चौंथो खेलमा बैंग्लोरको सामना गरेका सन्दीपले ४ ओभर बलिङ गर्दै ४६ रन खर्चिएर १ विकेट लिए । पहिलो ओभरमा १० रन खर्चिएका उनले दोस्रो ओभरमा केही सम्हालिएको बलिङ गरे ।दोस्रो ओभरमा ६ रन खर्चिएका सन्दीपले तेस्रो ओभरको तेस्रो बलमा मोईन अलिलाई पभेलियन फर्काए । १ विकेट लिएर ११ रन खर्चिएका सन्दीप चौथो ओभरमा मंहगो सावित भए ।

चौंथो ओभरको पहिलो बलमा १ रन दिएका उनले दोस्रो बलमा चौका र तेस्रो बलमा १ रन तथा त्यसपछि लगातार दुइ छक्काको सिकार भए । अन्तिम बलमा १ रन दिएका उनले १८ रन खर्चिए । सन्दीपले बेङलोरबिरुद्ध समग्रमा ४ ओभर बलिङ गर्दै ४६ रन खर्चिए । सन्दीपले यसअघिका ३ खेलमा ४ विकेट लिएका थिए । आजको खेलमा विकेट लिएसँगै सन्दीपले टी-ट्वान्टी क्रिकेटमा ५० विकेट पुगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्