Logo

लालीगुराँस – परिचय र यसका फाइदा(भिडियाेसहित)


यतिबेला गुराँस फूल्ने मौसम सुरु भइसकेको छ । पहाडी क्षेत्रमा ढकमक्क गुराँस फूलेर जंगलनै हराभरा भएका छन् । यो जंगलमा फुल्ने यस्तो फूल हो, जसको सौन्दर्यमा जो कोहि मोहित हुन्छन् ।त्यसैले यस फूलप्रति हाम्रो भावनात्मक प्रेम र सम्मान पनि छ । हामीलाइ थाहा छ नेपालको राष्ट्रिय फूल लालीगुराँस हो । लालीगुराँसलाइ भारतको उत्तराखण्ड राज्यमा पनि राष्ट्रिय फूलको रूपमा मानिन्छ ।

लालीगुराँस बिशेषगरी माघ, फागुन तिर फूल्ने गर्छ । कतै कतै भने यो फूल पौष महिनामा पनि फुलेको देखिन्छ । रातो रंगमा फुल्ने यो फुलको आकार औसत अरु फूलहरू भन्दा केही ठूलो हुन्छ । यसको पातहरू लगभग ५ देखि १० से.मी.सम्म लामा हुन्छन ।यसको रुखको उँचाई र आकार ठाउँ अनुसार फरक हुन्छ । उच्च पहाडी भागमा यसको रुख धेरै ठूलो र झ्याम्म परेको हुन्छ ।विश्वमा लालिगुराँससँग मिल्दोजुल्दो प्रजातिका अन्य ५ गुराँसहरू पाइन्छन् ।
यो पतझड अर्थात् डिसिडिअस वर्गमा पर्दछ । धेरजसो भीरालो ठाउँमा उम्रने यस फुल उच्च पहाडी भेकमा पाइन्छ । लाली गुराँसले घाँटीमा खानेकुरा वा अरु केही चीज अड्किएको बेलामा खाँदा खड्किएको चीज निस्कन्छ ।त्यस्तै गुराँसको सर्वत पनि बनाइन्छ । यसको पोषकतत्वले भरिपूर्ण मानिन्छ ।गुराँसको जुस बनाउनेदेखि केहि औषधिय काममा पनि प्रयोग गरिन्छ ।गुराँस हेर्नमा जति राम्रो छ, उत्तिकै गुणकारी पनि ।

आर्युवेदिक महत्व
प्राचिन समयमै आर्युवेदमा गुराँस फूलको प्रयोग हुँदै आएको छ । यो रातो, गुलावी, सेतो आदि रंगको हुन्छ । समुन्द्री सतहबाट १५०० देखि ३६०० मिटरको उचाईमा गुराँस पाइन्छ ।

– रातो रंगको गुराँस पोषकतत्वले भरिपूर्ण मानिन्छ । यसको औषधिय गुण पनि उत्तिनै छ ।

– गुराँसको जुस कलेजो, मृगौला जस्ता समस्यामा निकै उपयोगी हुन्छ ।

– हृदय रोगलगायत केहि गंभिर रोगमा समेत गुराँसको जुस सेवन गर्नु लाभदायक हुन्छ ।

– गुराँसको जुस बनाएर सेवन गर्दा हड्डीको दुखाई समेत ठीक हुन्छ ।

– उच्च रक्तचाप नियन्त्रणका लागि पनि गुराँस उपयोगी मानिन्छ ।

– घाँटीमा कुनै खानेकुरा अड्किएको बेला गुराँस खानुपर्छ, ठीक हुन्छ ।

– गुराँस एउटा सिजनमा मात्र पाइने भएकाले अन्य बेला प्रयोग गर्नका लागि यसको फूललाई घाममा सुकाएर राख्न सकिन्छ ।

– धार्मिक मान्यता के छ भने, गुराँसको फूल घरको मू्ल ढोकामा सजाउँदा घरमा नकारात्मक उर्जा आउँदैन ।

प्रतिक्रिया दिनुहोस्