Logo

बाजुरामा बाल स्याहार गृहको उद्घाटन गर्दै महानायक हमालले भने ‘युवा समृद्धको प्रमुख श्रोत’ (हेर्नुहाेस् भिडियाे)


कान्छो अभियान्ता केपी खनालले अनाथ बालबालिकाका लागि निर्माण गरेको बाल स्याहार गृहकाे बुधबार एक कार्यक्रमका बीच उद्घाटन भएकाे छ ।  नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमाल प्रमुख अतिथि रहेकाे उक्त कार्यक्रममा हमालले युवालाई समृद्धको प्रमुख श्रोतका रुपमा व्याख्या गरेका छन्। बालस्याहार गृहको उद्घाटनका लागि बाजुरा पुगेका हमालले युवाको ऊर्जा विकासमा खर्चिनु पर्ने बताएका छन् । हमालले कान्छो अभियान्ता केपी खनालले अनाथ बालबालिकाका लागि निर्माण गरेको बाल स्याहार गृहप्रति लक्षित गर्दै खनाल सबैको प्रेरणाको भएका बताएका छन्। उनले बाल स्याहार गृहको साँचो कन्सन बाजुरालाई हस्तान्तरण गरेका छन्। भवनको औपचारिक उद्घाटन गरेका थिए।

बहुसंख्यक युवाहरुमा प्रतिभा भए पनि अवसर नपाएर शत्ति खेर गएको उनले बताए। ‘अवसरको कमी छ, राज्यले त्यसको ग्यारेन्टी गर्न सके युवा शक्तिलाई समृद्धिका लागि प्रयोग गर्न सकिन्छ। बाजागाजासहित भव्य स्वागत र न्यानो आतिथ्यता पाएका हमालले बाजुरालीसँग चलचित्रको पर्दासँगको सम्बन्ध औपचारिक भेटमा परिणत भएकोमा खुसी व्यक्त गरे ।

पूर्वमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष कर्णबहादुर थापाले अनाथको अभिभावक हुने सौभाग्य प्राप्त गर्ने परोपकारी व्यक्तित्व समाजका ‘आइडल’ भएको बताए ।गृह निर्माणकर्ता एवं अभियानकर्मी खनालले साझा हित र परोपकारी कार्य राजनीतिक आस्था र स्वार्थभन्दा माथि राखेर गर्न आग्रह गरे । क्लिन काष्ठमाण्डप अभियानका खनालले बाजुराजस्तो दुर्गम क्षेत्रमा आएर अनाथका लागि आश्रम बनाउन पाउँदा निकै खुशी लागेको बताए ।खनालले ग्रिनसिटी अस्पतालका अध्यक्ष एवं समाज सेवी लोकबहादुर टण्डन र कलाकार राजेश हमालको साथकै कारण अनाथ आश्रम बनाउन सफल भएको बताए ।

बाल स्याहार गृह अघिल्लो वर्षको वैशाख २५ गते शिलान्यास गरिएको थियो भने उद्घाटन पनि सोही दिन गरिएको हो । भवन ५० लाख रुपैयाँ भन्दा बढी लागतमा निर्माण गरिएको हो ।

हेर्नुहाेस् भिडियाेः

 

प्रतिक्रिया दिनुहोस्