Logo

गजलकार स्पन्दन बिनोदका दुई कृती एकसाथ यूरोपको अन्तिम बिन्दुमा बिमोचन


 

गजलकार स्पन्दन बिनोदका दुई गजल कृति ‘अबिरल स्पन्दन’ र ‘भिजाएर गएऊ’, अनेसास पोर्चुगलको आयोजनामा प्रमुख अतिथी अनेसास केन्द्रका उपाध्यक्ष सुनील संगम र बिशिष्ठ अतिथि मानक नेपाली भाषाका एक अभियन्ता, बरिष्ठ साहित्यकार एवं समालोचक लिला लुईटेलले युरोपको अन्तिम बिन्दु , काबो दा रोकामा भब्य जन उपस्थितिका साथ बिमोचन गर्नु भयो। कार्यक्रममा नेपाल देखि आउनु भएकी साहित्यकार र समालोचक लिला लुईटेल र अनेसास केन्द्रका उपाध्यक्ष तथा गजलकार सुनिल संगमले पुस्तकको समालोचना गर्नु भएको थियो भने आईसीसी सदस्य नरेन्द्र बहादुर हमाल, रासस प्रतिनिधि भगवान गीरी लगाएत शुभकामना ब्यक्त गर्दै स्पन्दन बिनोदको साहित्यमोह र सक्रियताको खुलेर प्रसंसा गर्नु भएको थियो । पोर्चुगलको राजधानी लिस्वनबाट करिब ४० किमी टाढा रहेको युरोपको अन्तिम बिन्दुमा गरिएको उक्त कार्यक्रममा पोर्चुगलबासी बिभिन्न संघ संस्थाका अग्रज, प्रतिनिधि, कलाकार, पत्रकार, साहित्यकार एवम् साहित्य अनुरागीहरूको बेजोड उपस्थिती रहेको थियो। उक्त कार्यक्रममा जानको लागि लिस्वनबाट यातायातको ब्यवस्था समेत रहेको थियो। कार्यक्रम अनेसास पोर्चुगलका अध्यक्ष वाई वी गुरुंगको अध्यक्षतामा सम्पन्न भएको थियो भने संचारकर्मी तथा अनेसास पोर्चुगलका सदस्य यादब देवकोटाले कार्यक्रम संचालन गर्नु भएको थियो।

 

स्पन्दन बिनोदका सोहि कृती अनेसास नेपाल च्याप्टरको आयोजनामा गत चैत्र १७ गते प्रज्ञा प्रतिष्ठान, कमलादी काठमाण्डौमा भब्य जन सहभागिता सहित लोकार्पण भएको थियो। बरिष्ठ पत्रकार भैरव रिसालको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा डा। घनश्याम परिश्रमी, प्रभाती किरण,बरिष्ठ गजलकार ज्ञानु वाकर पौडेल, नेपाल प्रज्ञा प्रतिष्ठानका सद्स्य सचिव प्रा। जगत प्रसाद उपाध्याय र अनेसासका केन्द्रिय अध्यक्ष राधेश्याम लेकालीले मन्तव्य राख्दै परदेसमा बस्ने गजलकार स्पन्दन बिनोदका कृतीले नेपाली साहित्यमा पु(याएको योगदानको चर्चा गर्नु भएको थियो ।

 

बिदेशमा १०€ रहेको उक्त छन्द र गैर छन्दमा लिखित दुई गजल कृतीको बिक्रीबाट आएको रकम नेपालमा बिभिन्न रोगबाट ग्रसित बुढाबुढी, महिला तथा बालबालिकालाई सहयोग गर्ने गजलकार स्पन्दन बिनोदले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्