Logo

सनी लियोनीलाई विश्वकै १०० प्रभावशाली महिलाको सूचीमा(हेर्नुहाेस् भिडियाे)


बीबीसीले बलिउड अभिनेत्री सनी लियोनीलाई विश्वकै १०० प्रभावशाली महिलाको सूचीमा राखेको छ । सनी लियोनी बाहेक सूचीमा ४ अन्य भारतीय महिला पनि परेका छन् । सूचीमा विश्वमै प्रभाव छाड्न सफल उद्यमी, खेलाडी, व्यापारी, कलाकार लगायतलाई समेटिएको छ ।

सनी लियोनी पछिल्लो पाँच वर्षमा बलिउड फिल्म उद्योगमा सक्रिय छिन् । उनले २०११ मा विवादास्पद रियालिटी टिभी शो ‘बिग बोस’ मा भाग लिएपछि बलिउड फिल्म उद्योगमा पाइला टेकेकी थिइन । उनले ‘जिस्म २’, ‘जैकपोर्ट’ र ‘एक पहेली लीला’ लगायतमा मुख्य भूमिकामा काम गरेकी छिन् ।जानकारीअनुसार सूचीमा भारतबाट सनी लियोनीका साथ गौरी चिंदारकर (सांगली), मल्लिका श्रीनिवास (चेन्नई), नेहा सिंह (मुम्बई) र सालुमरदा थिमक्का (कर्नाटक) को नाम रहेको छ । सूचीमा सामेल गौरी चिंदारकर महाराष्ट्रको सांगलीकी एक कम्यूटर इञ्जीनियरिङ्गकी विद्यार्थी हुन् । उनी २० वर्ष मात्रै पुगेकी छिन् ।

मल्लिका श्रीनिवास व्यावसायी हुन् । उनको ट्रैक्टर्स एण्ड फार्म इक्यूपमेन्ट लिमिटेड नामको कम्पनी सञ्चालनमा छ । उनले मुम्बईका महिलाको उत्पीडनको खिलाफ आन्दोलन गरेकी थिइन् । कर्नाटक की सालुमरदा थिमक्क १०५ वर्षकी छिन् । उनले एकलै ८० वर्षमा ८ हजार विरुवा लगाएकी छन् । थिमक्क बिबिसीको महिलाहरुको सूचीमा सबैभन्दा बुजुर्ग हुन् ।

 

प्रतिक्रिया दिनुहोस्