Logo

आज नायक निखिल उप्रेतीकाे जन्मदिन, यसरी पनि चिन्नुहाेस् निखिललाई(भिडियाेसहित)


आज नेपाली चलचित्र क्षेत्रका चर्चित नायक निखिल उप्रेतीको जन्मदिन । निखिल उप्रेतीको जन्म सर्लाहीको पिपरभट्टा भन्ने ठाउमा गोबिन्द उप्रेती र भोजकुमारि उप्रेतीका कोखबाट भएको हो। उनले सानै छदा करातेमा ब्ल्याक बेल्ट हासिल गरि सकेका थिए। निखिल उप्रेति नेपालका एक चर्चित एक्सन् अभिनेता हुन्। उनको जन्म सन् १९८० अगस्ट १० तारिखमा सर्लाही जिल्लामा भएको हो। उनको पहिलो र सफल चलचित्र पिंजडा हो। उनलाई नेपाली चलचित्र उद्योगकै उत्कृष्ट एक्सन् अभिनेता एबम् स्टन्ट कर्ता का रूपमा लिइन्छ र नेपालि चलचित्र जगतमा एक्सन् चलचित्रहरू प्रति दर्शक्को रुचिको प्रेरणा श्रोतको रुपमा हेरिन्छ।

आजभोली नायक उप्रेती अध्यात्मवाद र युवावर्गलाइ हौसला प्रदान गर्दै समाजसेवामा पनि उत्तिकै क्रियाशील छन् । ममनेपाल डटकमको सम्पूर्ण परिवारको तर्फबाट नायक निखिल उप्रेतीलाई जन्मदिनको हार्दिक शुभकामना ।

प्रतिक्रिया दिनुहोस्