Logo

सोचे जस्तो सिधा छैन,ठुलो रहस्य छ्,किन घटनालाई अर्को तिर मोडिदै छ्,कारण यस्तो [भिडियो हेर्नुहोस ]


सोमबार राती पाँथरको मिक्लाजुङ गाउँपालिका-३ आरुबोटेमा बीभत्स दुई परिवारको ९ जनाको हत्या भयो। यो अत्यन्तै दुखद घटना थियो। पाँचथरको त्यो घटनाले मिक्लाजुङको आरूबोटे गाउँ लगायत सारा नेपाल शोकमा डुबेको छ। घटनामा भागेर ज्यान बँचाउन सफल भएकी १४ वर्षीय बालिका सिता खुजुम आक्रमणकारीले नराम्ररी कुटपिट गरे पनि विचलित नभई आफ्नो ज्यान सुरक्षित गरेकी छिन् ।सिताको थप उपचार दमकमा रहेको लाइफ लाइन अस्पतालमा भइरहेको छ। भाग्ने क्रममा लडेर हातमा चोट लागेकाले उनको हातमा चारवटा टाँका लगाइएको छ ।

सामान्य अवस्थामा रहेकी सीताले भनिन्, ‘हामी चार जना एकै ठाउँमा सुतिरहेका थियौँ । रातिको करिब १ बजेको थियो होला । एक जना मुखमा गलबन्दी बाँधेको मानिस कोठामा पस्यो । आएर त्यसले हामीलाई कुट्न थाल्यो । त्यसपछि म भागेँ ।’आफू भागेपछि त्यहाँ के भएको हो आफूलाई थाहा नभएको उनले बताइन् । सीताले घरमा आएर कुटपिट गर्ने मानिसले ढोका बन्द गरेर कुटपिट गरेको बताइन्। उनले बाहिर हजुरबा सुतेको आफूलाई थाहा भएको बताउँदै भनिन्, ‘त्यो मान्छेसँग हातमा टर्च लाइट पनि थियो ।ढोका बन्द गरेर कुटपिट गरेपछि हल्ला पनि भयो ।’ भिडियो हेर्नुहोस

प्रतिक्रिया दिनुहोस्