Logo

दुई ओटै खुट्टा चल्दैन, आछाम घर बताउने ५५ बर्षे छोर्जे शेर्पाको यस्तो अबस्था ‘भिडियो सहित्’


उर्लाबारी- उमेर ५५ कटिसकेका भारतको आसाम घर बताउने छोर्जे शेर्पा यतिबेला सहारा विहीन बनेका छन् ।
आफूलाई लामा भएको बताउने अशक्त शेर्पा अहिले उर्लाबारी–१ मा सहारा विहीन भएका हुन् । केही दिनअघि देखि दुबै खुट्टा चल्न छोडेपछि उनी कष्टकर जीवन विताउन बाध्य भएका छन् । राम्रोसँग बोल्न समेत नसक्ने शेर्पालाई स्थानीयले खानपानको ब्यवस्था मिलाउँदै आएका छन् । उनले आछाममा भाई रहेको बताएका छन् । तर उनी लामो समयदेखि परिवारको सम्पर्कमा छैनन् ।

उनी नेपालमै बस्दै आएको लामो समय भएको जानकारहरु बताउँछन् । आफू लामा भएको कारण विवाह नगरेको पनि उनले खुलाए । नेपालमै बस्ने इच्छा भएकाले यतै बस्दै आएको र हाल दुबै खुट्टा चल्न छोडेपछि समस्या भएको उनको भनाई छ । उनले पनि उपचारको खट्टाको उपचारका लागि पहल गरिदिनु आग्रह गरेका छन् । दुबै खुट्टाले काम गर्न छोडेपछि दिसापिसाब एकै ठाउँमा भएको स्थानीय गजेन्द्र आङ्दम्बेले जानकारी दिए । अत्यन्तै कष्टकर जीवन बिताउँदै आएकाले अशक्त शेर्पाको उद्दारका लागि पहल गरिदिन उनले आग्रह गरे ।

‘शेर्पा काका खुट्टा चल्दा माग्दै हिँड्नु हुन्थ्यो, अहिले त दुबै खुट्टा चल्न छोडेको छ, अनि बेवारिसे बन्नु भएको छ’ स्थानीय सानु राईले भनिन् । शेर्पा काकाको अवस्था अत्यन्तै कष्टकर भएकाले उपचारको ब्यवस्था मिलाईदिन उनले आग्रह गरिन् । त्यस्तै, सव वन डिभिजन कार्यालय मंगलबारे कर्मचारी भीमप्रसाद पौडेलले शेर्पाको अवस्था जटिल बनेको भन्दै सबैलाई सहयोगका लागि अपिल गरे । उहाँलाई तत्काल उपचारको ब्यवस्था मिलाईदिन उनले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्