Logo

राधेलाई नछोडे नेपाल तरुण दलले केपी ओली सरकारको प्रहरी संग मुकाबला गर्छ : तरुण दल अध्यक्ष बस्नेत


नेपाली काँग्रेसको भातृ संस्था नेपाल तरुण दलले शनिबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरेर वर्तमान कम्युनिष्ट सरकार र प्रहरीलाई चेतावनी दिएको छ । नेपाल तरुण दलले प्रहरी नियन्त्रणमा रहेका तरुण दल धादिङ उपाध्यक्ष राधाकृष्ण भण्डारी (राधे) लाई रिहाइ गर्न माग गरेको छ। नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जित जंग बस्नेतले घटनामा संलग्न नरहेका भण्डारीलाई प्रहरीले नक्कली कागज बनाएर पक्राउ गरेको आरोप लगाएका छन्। यस्तै उनले तरुण दल धादिङ उपाध्यक्ष राधाकृष्ण भण्डारी (राधे) लाई प्रहरीले इन्काउन्टर गर्ने योजना समेत बनाईरहेको समेत बताए ।

जेठ २२ गते धादिङ रोलाङ गाउँपालिकामा गाउँले बीच विवाद भएको घटनामा संलग्न नरहेका भण्डारीलाई प्रहरीले विना कारण नियन्त्रणमा लिएको उनले बताए। गाउँलेको झगडा छुट्याउन गएका स्थानीय जनक मगरले घटनामा भण्डारीको संलग्नता नरहेको बताए पनि प्रहरीले कीर्ते कागज बनाएको बस्नेतको आरोप छ। फरक राजनीतिक विचार भएकै आधारमा सरकारले भण्डारीलाई फसाउन खोजेको तरुण दलको आरोप छ। घटनामा संलग्न नरहेका भण्डारीलाई पक्रने धादिङ प्रहरीलाई पनि तरुण दलले कारबाहीको माग गरेको छ। भण्डारीलाई रिहाइ नगरे देशब्यापी आन्दोलन गर्ने तरुण दलले चेतावनी दिएको छ।

पत्रकार सम्मेलनमा पिडित जनक मगरको पनि उपस्थिति रहेको थियो । उनले आफुले कुनै किटानी तथा निवेदन प्रहरीमा नदिएको र प्रहरीले मलाई जबरजस्ती निवेदनको कागजमा हस्ताक्षर गर्न लगाएको प्रष्ट पारेका छन् । यस्तै उनले प्रहरीले मलाई डर देखाई निर्दोषलाई फसाउने हिसाबले उजुरी दर्ता गरेको समेत उनको भनाई रहेको छ । यता पत्रकार सम्मेलनमा बोल्दै तरुण दल अध्यक्ष बस्नेतले यो अरु केहि नभई तरुण दललाई दबाउने हिसाबले केपी ओली सरकारको निर्देशनमा प्रहरी ज्याजति भएको ठम्याई छ ।

त्यस्तै उनले यदि यहि ढंगले निर्दोष सोजो इमान्दार व्यक्तिलाई प्रहरीले यसरी नै ज्याजति गर्दै गयो भने प्रहरीको विरुद्धमा पनि नेपाल तरुण दल प्रतिकारमा उभिने चेतावनी दिएका छन् । प्रहरीले पछिल्लो समय नेपाल तरुण दललाई ३६ को आकडामा राखेर ज्याजति गर्न खोजेको भन्दै उनले प्रहरीलाई चुनौती दिदै प्रहरी संग पनि लडाई गर्न तयार रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्