Logo

प्रहरिको यातना रुदै सुनाए ज्ञानेन्द्रले “म यो ठाउँमा फर्किएर आउछु जस्तो लागेको थिएन “उनिसँग आमा रोइन बुवा रोए सारा गाउँनै रोए [भिडियो हेर्नुहोस ]


सामाजिक अभियन्ता ज्ञानेन्द्र शाही सर्बोच्च अदालतले शुक्रबार रिहा गरेपछि सोमबार कर्म थलो चाङाथली आफ्नो अभिव्यक्ति दिन पुगे ।उनले आफुलाई सुर्खेतमा भएको प्रहरी दमनको बिषयमा साथ र सहयोग गरेकोमा सर्मथक र मिडियाकर्मीहरुलाई धन्यवाद व्यक्त गरेका छन्।उनको अभियान आफ्नो व्यक्तिगत स्वार्थीको लागि नभई नेपालमा भइरहेको भ्रष्टचार, गरिबी, बेरोजगार बिरुद्ध रहेको र उनि प्रधानमन्त्रि केपी शर्मा ओली बिरुद्ध नभएको समेत उनले बताए। जबसम्म देशमा रहेका युवाहरुले बैदेशिक रोजगारमा जान्न भन्ने बातावरण सिर्जना हुदैन तब सम्म आफु आवाज उठाई रहने बताएका छन् ।

उनि भन्छन “म कुनै सरकारको विरोधि होइन न त राजनीतिक दलसँग नै आबद्ध छु। हामीलाई रोजगारी चाहियो । ८० लाख नेपाली युवालाई बेचिएर खडा गरिएको दास सत्ता चाहिएन। जबसम्म मेरो सन्तानले म अस्ट्रेलिया जान्न नेपालमै बसेर केहि गर्छु भन्ने बातावरण सिर्जना हुँदैन तब सम्म आफु लडिरहनेछु।’ राजनीतिक दलको पक्षमा समाचार सम्प्रेषण गर्ने कस्तो पत्रकार हो ? यस बिषयमा बहस गर्ने बेला भएको छ। आफुले कहिले पत्रकारलाई गालि गलोज नगरिएका कारण आफुले बोलेका भिडियोहरु पुन : एकपटक सुनी दिन आग्रह गरेका छन् । भिडियो हेर्नुहोस

प्रतिक्रिया दिनुहोस्