Logo

नेवार जातीको संस्कृति परम्परा माथि कम्युनिष्ट सरकारले प्रहार गरिरहेको छ : तरुण दल अध्यक्ष बस्नेत


नेपाली तरुण दलका अध्यक्ष जित जंग बस्नेतले सरकारले ल्याउन लागेको गुठी सम्बन्धी बिधेयक कुनै पनि हालतमा पास हुन नदिने बताएका छन् । उनले गुठी नेपालको साँस्कृतिक सभ्यता भएको बताउँदै यो बिधयकलाई कुनै पनि हालतमा पास हुन नदिने र जनताको अधिकारको रक्षा गर्ने समेत उनले बताए ।

उनले दुई तिहाइको दम्भमा सरकार अघि बढिरहेको भन्दै धेरै कुरामा बन्देज लगाउन खोजे पनि नेपाल तरुण दल कुनै पनि हालतमा चुपलागेर नबस्ने चेतावनी दिए । लोकतन्त्रमा सरकारले प्रेसमाथि आक्रमण गरेको भन्दै अध्यक्ष बस्नेतले अघि भने, ‘एउटा स्वतन्त्र सँस्थालाई अंकुश लगाउनका लागि सरकारले बिधेयक ल्याउँदै छ । नेपाली कांग्रेस र नेपाल तरुण दल कहिले पनि त्यसको पक्षमा रहँदैन ।’

हेटौंडामा नेपाल साँस्कृतिक संघको प्रशिक्षण भेलालाई सबोधन गर्दै तरुण दल अध्यक्ष बस्नेतले स्वतन्त्र सँस्थाहरुको अधिकारलाई खोस्ने पक्षमा सरकार देखिएको आरोप लगाए । सरकारले मानवअधिकार आयोगको अधिकार खोसेर तानाशाह र निरंकुशताको संकेत दिएको उनको आरोप छ । मुलुकमा देखिएका असमानता, दण्डहीनता, भ्रष्टाचारले नेपाललाई पछि धकेल्दै लगेको भन्दै उनले अहिले हत्या, हिंसा, बलात्कारका घटनाले प्रसय पाइरहेको उनको भनाइ छ ।

सरकारले कानुनी राज्यको महशुस जनतालाई दिन नसक्दा हरेक दिन अपराध बढ्दै गएको उनको तर्क छ । साथै उनले गुठी बिधयकमै जोडेर भने केपी ओली कम्युनिष्ट सरकारले नेवार जातीको संस्कृति र परम्परा माथि प्रहार गर्न खोजेको आरोप लगाए । केपी ओली सरकारमा गए संगै धेरै अनैतिक काम गरेको र अहिले आएर देशको र जनताको रितिरिवाजमा नै आक्रमण गर्न खोज्दा नेपाल तरुण दल कदापी चुप नरहने र सरकारको विरोधमा खरो रुपमा सडकमा उत्रने उनले सरकारलाई चेतावनी दिएका छन् ।

कार्यक्रममा नेपाली काँग्रेसका पार्टी सभापति शेर बहादुर देउवा लगायत केन्द्रका थुप्रै नेताहरु उपस्थित रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्