Logo

संस्कृतिमा मास्टर्स गर्न मन छ – अभिनेत्री करिश्मा मानन्धर(भिडियाेसहित)


शिक्षाको फलामे ढोका मानिने एसईई परिक्षाको नतिजा बिहीबार प्रकाशित भएको छ । एसईई परीक्षामा अभिनेत्री करिश्मा मानन्धर ३ जीपीए नम्बरसहित उत्तीर्ण भएकी छिन् । मानन्धर बी प्लस ग्रेडमा उत्तीर्ण भएकी हुन् ।अभिनेत्री मानन्धरले एसईईको तयारीका लागि विध्यालयमा भर्ना भएर नियमित कक्षा समेत लिएकी थिइन् । उनी त्रिवेणी पब्लिक बोर्डिङ स्कुलमा कक्षा ८ मा भर्ना भएकी थिइन् । त्यसै विद्यालयबाट उनले एसईईको तयारी गरेकी थिइन् ।

अभिनेत्री मानन्धरले अध्ययन गरेको त्रिवेणी पब्लिक बोर्डिङ स्कुलको सेन्टर विजय स्मारक माविमा परेको थियो । काठमाण्डौको डिल्ली बजारमा रहेको त्यस विद्यालयबाट उनले एसईई दिएकी हुन् ।करिष्माले कक्षा ७ पढ्दापढ्दै पढाइ बीचैमा छोडेर सिने क्षेत्रमा लागेकी थिइन् । उनी चलचित्र क्षेत्रमा आउँदा मात्र १४ वर्षकी थिइन् । एकपछि अर्को चलचित्रमा प्रशंसा हुन थालेपछि उनले पढाइ बिर्सिइन् र चलचित्र क्षेत्रमा नै रमाउन थालिन् ।

नायिका करिश्मा मानन्धरले आफूलाई पढ्न रहर भएकाे र स्कृतिमा मास्टर्स गर्ने बताएकी छिन् । हेर्नुहाेस् भिडियाे:

प्रतिक्रिया दिनुहोस्