Logo

देश विकासमा जुट्न एन आर एन अमेरिकालाई तरुण दल अध्यक्ष बस्नेतको सुझाब


नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जित जंग बस्नेतले देश विकासको लागि विदेशमा स्थापित ढंगले बसिरहेका नेपालीहरुले पनि योगदान दिनु पर्ने कुरा उठाएका छन् । अमेरिकाको सिकागोमा भईरहेको एन आर एन अमेरिकाको आठौ साधारण सभामा बोल्दै उनले यो कुरालाई प्रकाश पारेका हुन् । देश विकास र जनताको हक अधिकार दिलाउन तत्पर रहेको नेपाल तरुण दलले एन आर एन अमेरिकालाई नेपालमा विकास गर्ने काममा पूर्ण साथ दिने प्रतिबद्धता जाहेर गरेका छन् ।

यस्तै उनले यस्तै उनले निर्मला पन्त हत्याकाण्ड, बालुवाटार जग्गा काण्ड र मेलम्ची खानेपानी भ्रष्टाचार प्रकरण लगायतको बिषयमा प्रष्ट पार्दै बोलेका थिए । यस्ता किसिमको अन्यायको बिरुद्धमा र कम्युनिष्ट सरकारको अधिनायकवादी गतिबिधिको बिरुद्धमा नेपाल तरुण दल सधै अगाडी आउने र जनताको हक अधिकार दिलाएर छाड्ने समेत बताएका छन् । देशको माहोल बिग्रिरहेको हुँदा सबैतिरबाट सोच्नु पर्ने अवस्था आएको समेत उनको भनाई रहेको छ ।

जुलाई ६ र ७ तारिखमा अमेरिकाको सिकागोमा भईरहेको एन आर एन अमेरिकाको आठौ साधारण सभामा भाग लिन तरुण दल अध्यक्ष जित जंग बस्नेत नेपालबाट अमेरिका ४ तारिखमा प्रस्थान गरेका थिए । उनले नया कार्यसमितिलाई सफल कार्यकालको शुभकामना समेत ब्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्