Logo

“लालुपाते” लिएर दर्शक माझ आउदै गायक पूर्ण लिम्बु, मिलन चाम्सको निर्देशनमा भिडियो छायांकन सम्पन्न


समाजसेवा हेतु धेरै गीत बजारमा लिएर आईसकेका गायक पूर्ण लिम्बुको नया गीत “लालुपाते” को भिडियो छायांकन सम्पन्न भएको छ । उनको यस गीतमा प्रेम कृष्ण बजगाईं र उनको आफ्नै शब्द रहेको छ । यस्तै गीतमा संगीत पनि प्रेम कृष्ण बजगाईंको नै रहेको छ । शिला बहादुर मोक्तानले गीतलाई अरेन्ज गरेका छन् । गीत अत्ति नै मर्मशील रहेको छ जसले समाजको समस्यालाई दर्शाउदै सबै मिलेर बस्नु पर्छ र मिलेर एकसाथ काम गर्नुपर्छ भन्ने संदेश दिने कोशिश गरेको छ ।

गीत संगै गीतको भिडियो पनि आकर्षक नै बनाउने निर्माण पक्षले प्रयास गरेको छ । चर्चित फिल्म निर्देशक मिलन चाम्सले यस गीतको भिडियो निर्देशन गरेका छन् । भिडियोमा विल्सन बिक्रम राई (तक्मे बुढा), श्याम राई, सरिता राजउपाध्याय लगायतका कलाकारहरुको अभिनय रहेको छ । उत्सव दाहालको छायांकन भिडियोमा रहेको छ । भिडियोलाई नेपालमा नभएर पहिला बेलायतमा प्रिमिएर गरिने गायक पूर्ण लिम्बुले जानकारी दिएका छन् ।

धेरैलाई अवगत नै होला उनले प्राय आफ्नो गीत च्यारिटी शो को हिसाबले सार्वजनिक गर्छन र उठेको पैसा समाजसेवामा नै खर्च गर्छन । यहि अनुरुप उनले यस गीतको बेलायतमा च्यारिटी गर्ने र त्यसबाट उठेको पैसा पनि समाजसेवामा नै खर्च गरिने प्रतिबद्धता जाहेर गरेका छन् । यस गीतको भिडियो लिएर उनि छिट्टै नै बेलायत जाने तयारी गरिरहेका छन् । भूतपूर्व बेलायत सैनिक समेत रहेका उनले बिगत १० बर्ष देखि नेपाली गीत संगीत क्षेत्रमा राम्रो दख्खल राख्दै आईरहेका छन् भने उनले समाजसेवी गायकको रुपमा आफुलाई स्थापित समेत गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्