Logo

विप्लव समूहको गोलीबाट प्रहरीकाे मृत्यु, विप्लव कार्यकर्ता पनि मारिए


भोजपुर सदरमुकाममा नेत्रविक्रम चन्द (विप्लव)समूह र प्रहरीबीच गोली हानाहान हुँदा दुई जनाको मृत्यु भएको छ । सदरमुकामको हटिया लाइनमा भिडन्त हुँदा प्रहरी जवान सन्जिव राई र एक विप्लव समूहका कार्यकर्ता निरकुमार राईको मृत्यु भएको हो । बुधबार विहान ९ बजेतिर भोजपुर सदरमुकामस्थित शनिबारे हटियामा रहेको पान्धारे होटल नजिकै विप्लव कार्यकर्ताले जिल्ला प्रहरी कार्यालय भोजपुरमा कार्यरत प्रहरी जवान राईलाई गोली हानेका हुन् । जवाफी कारबाहीमा विप्लव समूहका कार्यकर्ता निरकुमारलाई पनि गोली लागेको थियो । विप्लव समूहको गोलीबाट प्रहरी मारिएको यो पहिलो घटना हो ।

प्रतिक्रिया दिनुहोस्