Logo

मुस्लिम युवकको यौन सुखले श्रीमानलाई धोका,छोरालाई टुहुरो अनि आमाको ज्यान लिएकी थिइन ईश्वरीले [भिडियो हेर्नुहोस ]


वैशाख अन्तिममा घर निर्माण सकियो। सोनम थापा मगरले सासु, श्रीमती र चार वर्षीय छोरालाई जेठ २ गते चाँगुनारायण नगरपालिका-७ बाँसबारी सारे।घर सर्नुभन्दा पहिले उनीहरू लोकन्थलीमा डेरा बस्थे। डेरा बस्दा मासिक भाडामात्र २० हजार तिर्नुपर्थ्यो। आफ्नै घर भएपछि त्यो खर्च जोगिने र जीवनयापन थप सहज हुने सोनमको विश्वास थियो।बसाइँ सरेसँगै छोरा दिप्सनलाई नजिककैको नेतापुल बोर्डिङ स्कुलमा भर्ना गरे- युकेजीमा। लोकन्थली छँदै दीव्यदीप ज्योति बोर्डिङबाट दिप्सनले एलकेजी सकेका थिए।सोनम एयरपोर्टमा रेस्टुरेन्ट चलाउथे। श्रीमती ईश्वरी कमलविनायकस्थित साह गार्मेन्टमा ज्याकेट सिलाउने काम गर्थिन्।

ईश्वरीसँगै बसिरहेकी उनकी आमा सावित्री नाति दिप्सनको रेखदेख र घरायसी काममा खटिन्थिन्।नातिलाई बोर्डिङ पुर्‍याउने, खाजा लगिदिने, घर ल्याउने सबै काम सावित्रीले गरिरहेकी थिइन्।छिमेकी तारा ढकालका अनुसार सावित्री सधैँ नाति डोर्‍याउँदै बोर्डिङ जान्थिन्। बाबुआमा आफ्नै काममा व्यस्त भइरहने हुनाले दिप्सनलाई हजुरआमाको काख न्यानो थियो। बाँसबारीमा छोरीको घरमा बसेर सावित्री पनि नातिको भविष्यका खातिर यी सब गरिरहेकी थिइन्। आतइबार तिनै सावित्रीलाई छोरी ईश्वरीले प्रेमी लगाएर हत्या गरेपछि दिप्सनले हजुरआमाको काख सधैँका लागि गुमाए। ईश्वरी पनि आमाको हत्या अभियोगमा थुनामा छिन्। भिडियो हेर्नुहोस

प्रतिक्रिया दिनुहोस्