Logo

कैलालीमा शक्तिशाली बम विस्फोट हुँदा ५ जना घाइते


सुदूरपश्चिम प्रदेशस्थित कैलाली जिल्लामा शक्तिशाली बम विस्फोट भएको छ ।बिहीबार बेलुका कैलालीको धनगढीको शहिद गेटस्थित निलम होटलमा बम विष्फोट भएको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार विस्फोटमा ५ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतका अनुसार घाइतेहुनेहरुमा केशवराज पाण्डे, राम सिंह, जितेन्द्र यादव, मोविन खान र लक्ष्मण सेरेला रहेका छन् । उनीहरुको धनगढीको माया मेट्रो अस्पतालमा उपचार भैरहेको छ । अस्पताल पुर्याइएका घाइतेको शरीर नराम्ररी जलेको छ ।

त्यस्तै, घटना स्थलमा पेस्तोल समेत फेला परेको प्रहरीले जनाएको छ । घटनामा विप्लव समूहको संलग्नता रहेको आशंका गरिएको छ भने प्रहरीले घटनास्थल पुगेर अनुसन्धान सुरु गरिसकेको छ ।प्रत्यक्षदर्शीका अनुसार एक युवा होटलबाट निस्कने क्रममा एकाएक विस्फोट हुन पुगेको थियो । उनको पहिचान खुल्न बाँकी रहेको छ।

प्रतिक्रिया दिनुहोस्