Logo

नेपाल लोक स्टारमा सुदूरपश्चिमका पबिन्द्र सुनार चर्चा, काे हुन् पबिन्द्र हेर्नुहाेस् भिडियाे?



नेपाली लोक संगीतको ठुलो मंच मानिएको टेलिभिजन रियालिटी शो नेपाल लोक स्टारमा भेटिएका सुदूरपश्चिमका पबिन्द्र सुनारको चर्चा निकै चुलिएको छ । सुदूरपश्चिमको बिकट बाजुरामा जन्मिएका पबिन्द्र लोक स्टारबाट एकाएक भाइरल बनेका हुन् । लोक स्टारको पहिलो सिजन अन्तरगत धनगढी एपिसोडमा अडिसन दिएका पबिन्द्रले गाएको ‘हिमाल हिउ पडी गयो’ बोलको गीतले सबै जजको मन जित्यो फलस्वरुप उनि बने नेपाल लोक स्टारमा गोल्डेन माइक पाउने पहिलो प्रतिस्प्रधी ।

बाजुरा जिल्लाको बुडिनन्दा नगरपालिका पाण्डुसैनमा जन्मिएका पबिन्द्र यतिबेला कैलालीको टीकापुरमा कक्षा १२ मा अध्यनरत छन् । २० बर्षिय पबिन्द्रले सानैदेखि गीत गाउन थालेका हुन् । तर उपयुक्त संगीत साधना गर्ने माध्यम नपाएका उनले आफूभित्रको गीत संगीत प्रतिको लगाब आफैमा सिमित थियो । उच्च शिक्षा र संगीत साधनाको लागि उनि काठमाडौं आउन चाहन्थे तर परिवारको कमजोर आर्थिक स्थितिकै कारण आउन सकेनन । तर नेपाल लोक स्टारमा प्रबेस गरे संगै पबिन्द्र काठमाडौंमा मात्र आएका छैनन् आफूभित्र बलियो आत्मविश्वास समेत बोकेर आएका छन् । टप १६ मा प्रवेश गरिसकेका पविन्द्रको अबको यात्रा भोटिङले निर्धारण गर्नेछ । भोटिङबाट अगाडि बढ्ने अथवा बाहिरिने भन्नेको तय उनको प्रस्तुतिबाट देखिने छ ।

प्रतिक्रिया दिनुहोस्