Logo

सुनको मूल्य इतिहासकै महँगो, तोलाको ७० हजार पुग्यो


दैनिक जसो बढेको सुनको मूल्यले आज (बिहीबार साउन २३) रेकर्ड तोडेको छ । सुन प्रतितोला ७० हजार रुपैयाँ पुगेको छ ।घिल्लो दिनको तुलनामा तोलामा ५ सय रुपैयाँले बढेको छ । अन्तर्राष्ट्रिय बजारमा लगानीकर्ताहरु यतिबेला सुनतर्फ आकर्षित भएका छन् ।

 

अन्य क्षेत्रको लगानी राम्रो हुने नदेखिएपछि लगानीकर्ताहरु सुनतर्फ आकर्षित भएको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।यता चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ । चाँदी ८ सय २५ रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्