Logo

पब्लिक स्पिकरको विजेता पछि, रमेस प्रसाईँको धमकेदार प्रस्तुती ‘भिडियो सहित्’


सामाजिक सञ्जालमा अहिले धरानका रमेश प्रसाई नाम निकै नै लोकप्रिय भइरहेको छ। शारीरिक अपाङ्गता भएका उनले सामाजिक सञ्जालमा सामाजिक तथा राष्ट्रिय मुद्दामा आफ्ना विचारहरु राख्ने गर्दछन् । भर्खरै मात्र पब्लिक स्पिकर सिजन २ मा उनले उपाधि जितेका छन् ।

रमेश प्रसाई स्नातक तहका विद्यार्थी हुन् । उनी धरानको रेडियो गणतन्त्रका कार्यक्रम सञ्चालक पनि हुन् । उनको आवाज श्रोतामाझ लोकप्रिय छ । मेश प्रसाई कविता समेत लेख्ने गर्दछन्। कविता तथा अन्य माध्यमबाट आफ्ना विचारहरु राख्दा आफूभित्रको कुण्ठा बाहिर आउने उनी बताउँछन् ।

बोल्नमा माहिर उनले रेडियो कार्यक्रमहरु तथा इन्टरनेट र पुस्तकहरू मार्फत देशविदेशका खबरहरु जानकारी लिने बताउँछन् । उनी आफु बोल्न कै लागि जन्मेको बताउछन् । समाजमा केहि घटना घट्दा उनी तत्काल आफ्नो विचार राख्ने गर्छन् ।

भिडियो हेनुहोस्:

प्रतिक्रिया दिनुहोस्