Logo

‘झ्याईकुटी झ्याई’ को ‘लब्ली’ संगम राई लामो समय पछि सिरियलमा, ‘गुलेली’ मा देखियो यस्तो धमाकेदार इन्ट्री


पछिल्लो समय नेपाली कला क्षेत्रमा आफ्नो बलियो परिचय स्थापित गरिसकेका पुराना अनुभवी कलाकारहरुको कम्ब्याक हुने शिलशिला अगाडी बढिरहेको छ । यसको धेरै उदहारणहरु रहेका छन् त्यस मध्यको एक हो लब्ली संगम राई । ‘लब्ली’ यो प्रख्यात सिरियल ‘झ्याईकुटी झ्याई’ को चर्चित एक पात्र हो जसले एक समयमा धेरै दर्शकहरुको मनमा डेरा जमायो । उनको वास्तविक नाम भने संगम राई हो । तर धेरैले भने उनलाई लब्ली संगम राई भनेर नै चिन्ने गर्दछन् ।

नेपाली टेलिभिजनको राम्रो पकड देशभरी भईरहँदा दमन रुपाखेती संगको जोडीको साथमा लब्ली संगम राईले बलियो परिचय स्थापित गरिन । उचाईमा भईरहँदा नै केहि आन्तरिक कारणले गर्दा उनले नेपाली कला क्षेत्रलाई केहि टाढा राखेर सोच्नु पर्ने अवस्था आयो । यहि कारण उनि नेपाल भन्दा बाहिर जानुपर्ने बाध्यता आयो । तर उनले नेपाल बाहिर रहेर पनि नेपाली कला क्षेत्रलाई मनबाट टाढा लैजान भने सकिनन् । यसकारण केहि बर्षको अन्तराल पछि अहिले उनले फेरी कला क्षेत्रमा पाईला राख्दैछिन् ।

हुन त उनको आफ्नै किसिमको योजना होला आगामी दिनमा तर अहिले भने उनले “गुलेली” नामक हाँस्य टेलिसिरियलबाट कलाकारको रुपमा आफुलाई कम्ब्याक गरेकी छिन् । गुलेली अनलाईन टिभीको प्रस्तुति र सलमान महमद साहिदको लगानीमा निर्माण भएको यस “गुलेली” सिरियलबाट लब्ली संगम राईले आफुलाई दर्शकहरु माझ अगाडी ल्याएकी छिन् । धेरै अगाडी देखि दर्शक माझ आईरहेको यस सिरियलको ६० औ भागबाट लब्ली संगम राईले प्रवेश गरेकी हुन् ।

६० औ भाग प्रशारण हुँदा र लब्ली संगम राईलाई दर्शकहरुले पुनः कम्ब्याक भएको हेर्न पाउँदा युटुबमा अनेकौ प्रतिक्रिया आईरहेको छ । सबैले मनबाट लब्ली संगम राईलाई स्वागत गरेको देखियो । राजु भुजेलको निर्देशनमा तयार भएको टेलिसिरियलमा लब्ली संगम राई संगै राजु भुजेल, सुबोध गौतम, गणेश अछामे, प्रदिप न्यौपाने, संजिव भण्डारी, अर्जुन तिमिल्सिना लगायतका कलाकारको अभिनय रहेको छ । यो सिरियल लब्ली संगम राईको वरिपरी नै घुमेको देखिन्छ । यस सिरियलले निकै नै गहकिलो संदेश समेत दिने प्रयास गरेको छ ।

पछिल्ला दिन सम्झिने हो भने लब्ली संगम राईको निकै बोल्ड सशक्त अभिनय देख्न सकिन्छ । तर यस टेलिसिरियलमा भने उनको बोलि र अभिनय केहि परिवर्तन भएको छ । यस हिसाबले पनि दर्शकहरुले उनलाई कुन रुपमा स्वीकार्ने हो यो हेर्न बाँकी नै छ । कहिँ कतै लब्ली संगम राईको पुरानै क्यारेक्टर र अभिनय शैली त दर्शकले चाहेका होइनन यो भने समयले नै बताउने छ र लब्ली संगम राईको कम्ब्याक कत्तिको सुखद रहन्छ यो पनि हेर्न बाँकी नै छ । तर उनले भने आफु दर्शकहरुको लागि नै समर्पित रहेर निरन्तर काम गर्ने प्रतिबद्धता जाहेर गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्