Logo

‘ओए! मन्त्री’ दोस्ताजकाे नयाँ र्‍याप गीत (एकपटक सबैले हेरौं)


प्रत्येक रात देश बनाउन हिडेका महान नेताका नपुङ्सक बिचार म एक कप चिया सङ्ग पिउछु
र तिनलाई नेता बनाउने म जस्ता भेडाहरुलाई गाली गर्न थाल्छु…..

ओए मन्त्री
ओए मन्त्री
देशलाई मेरो खाचो छ भन्थिस
भोलीको भोजन भाषणले पेट भर्दिस
यो अनपढ समाज लाग्यो त सत्तामा भाको भए केही गर्थिस
त्यसैले तलाई जिताउ भनु एकजुट भाको बस्ती
जितायौ
जितीस तैले भारी मत
सतप्रतिसत
तलाई जिताउनु भएछ हाम्रो ठूलो गल्ती
हामीबाट खोसीस तैले पसिना र भोट
तैले भने देखिस कुर्सी रुपिया र नोट

जब पुगिस ठाउमा छोडिस आउन गाउमा
लागीस देश भत्काउन
बिदेशी भुमी हवाईको साथ
देखाईस तैले आफ्नो सक्कली औकात
मर्न लागे म भनी जनतालाई गफ दि
कहिले गक कहिले जापान कहिले भने टर्की
सुनेको छु हिजोआज
रुपियाले भर्दैछस रे खल्ती

ओए मन्त्री
ओए मन्त्री
देशलाई मेरो खाचो छ भन्थिस
भोलीको भोजन भाषणले पेट भर्दिस
सैराछौ हामी
सदैझै आज
सैदैछ अझै
धेरै भैराछ यहाँ अत्याचार
६० बर्षे बुवाबाट १३ बर्षे छोरीको
घरमै हुन्छ बलात्कार
बढ्दै गाछ भ्रष्टाचार
कानमा ऐरफोन ठोसी
मानौ कुनै डान्सबारमा झुमिराछ सरकार

छैन यहाँ कानुन
जान्ने बुझ्ने भन्छन
छ यहाँ कानुन
भाको भए कानुन
कानुन बिध नै जानुन

दरबार काण्ड
भण्डारी हत्याकाण्ड
त्यत्तिकै सिमीत रह्यो
थाह हुदाहुदै पनि
निर्मला हत्याकाण्ड छुपिएरै जाने भयो।

ओए मन्त्री
ओए मन्त्री
देशलाई मेरो खाचो छ भन्थिस
भोलीको भोजन भाषणले पेट भर्दिस

ओए मन्त्री
ओए मन्त्री

–  ‘दाेस्ताज’

हेर्नुहाेस् भिडियाेः

प्रतिक्रिया दिनुहोस्