Logo

कलाकार सुभद्रा अधिकारिको अन्तेष्ठिमा थामिएन करिश्मा,रेखाको आँसु भाबुक हुँदै यसो भने (भिडियो हेर्नुहोस )


बरिष्ठ अभिनेत्री शुभद्रा अधिकारीको निधन भएको छ । ७३ वर्षको उमेर डल्लु स्थित निवासमा उहाँको निधन भएको हो ।चलचित्र ‘मनको बाँध’बाट ठूलो पर्दामा अभिनय सुरु गर्नुभएकी कलाकार सुभद्रा अधिकारीले चिनो, कन्यादान, भाउजुलगायत झण्डै ५ दर्जन चलचित्रमा काम गर्नुभएको छ ।बिक्रम संवत् २००७ साल देखि नाटक कर्ममा लाग्नु भएकी अधिकारी पछिल्लो समय केही अस्वस्थ हुनुहुन्थ्यो । यस्तो छ उहाँको जीवनी ।सुभद्रा तोते बोल्न मात्र के थालेकी थिइन्, उनका पिताको देहान्त भयो ।

सानै उमेरमा बुवाको अभावको अर्थ के हुन्छ, सुभद्रालाई जति कसलाई थाहा होला ! बुवाको देहान्तले ममता र मायाको अभाव त रहृयो नै आर्थिक अभाव पनि चर्किएर आयो ।आमा चैत्यदेवी पहिलेदेखि नै सङ्गीत सिक्नु हुन्थ्यो । बद्री वस्ताद उहाँका गुरु हुनुहुन्थ्यो । दैनिक घरमा सङ्गीतको माहौल रहने हुनाले सुभद्रा त्यसमा विस्तारै आकषिर्त हुन थाल्नु भयो । बद्री वस्तादका पारखी नजरले उनमा भएको कला प्रेमलाई तिख्खर अनुभव गर्नु स्वाभाविक थियो

। त्यसपछि आमाको स्वीकृतिले नै चार वर्षो उमेरबाट सङ्गीत र नृत्यको ज्ञान लिन थाल्नु भयो तर नृत्यमा विशेष रुचि गढेर गयो । पाँच वर्षो उमेर नपुग्दै उनी स्थानीय कार्यक्रमहरुमा नर्तकीको रुपमा प्रख्याति कमाउन पुगिन् । ‘भूसको आगो’ नाटकबाट उनी बालकलाकारको रुपमा पनि चिनिन थालिन् । यसरी नृत्य र नाटक सुभद्राको जीवनको अभिन्न अङ्ग बन्न पुगे । भिडियो हेर्नुहोस

प्रतिक्रिया दिनुहोस्