Logo

बारा र पर्सामा हावाहुरीका कारण मृत्यु हुनेका ३१ परिवारलाई तरुण दलले गर्यो “१ परिवार १० हजार” नगद सहयोग


पछिल्लो समय नेपाली काँग्रेस प्रतिपक्ष दलमा रहिरहँदा काँग्रेसको भातृ संस्था मध्य नेपाल तरुण दल अलिक बढी नै जनताको नजरमा परिरहेको छ । हरेक बिपत र जनताको हक र अधिकारको लागि नपाल तरुण दल सधैब अगाडी बढेको देखिन्छ । यहि अनुरुप गत २०७५ चैत १७ गतेको विनाशकारी हावाहुरीका कारण जन धनको क्षेतिका साथै मृत्यु वरण गर्नु भएका ३१ जनाको परिवारलाई नेपाल तरुण दल केन्द्रीय समितिले “१ परिवार १० हजार” नगद सहयोग गर्ने घोषणा गरेको थियो ।

त्यहि प्रतिबद्धतालाई अगाडी बढाउदै नेपाल तरुण दल केन्द्रीय समितिले घोषणा गरे अनुरुप हिजो भाद्र १२ गते नेपाली कांग्रेस बारा जिल्ला कार्यसमितिको कार्यालयमा मृत्यु वरण गर्नु भएका ३१ जनाको परिवारलाई “१ परिवार १० हजार” नगद सहयोग गरेको छ । नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जित जंग बस्नेत र केन्द्रीय कोषाध्यक्ष विद्वान गुरुङले मृत्क परिवारलाई रकम हस्तान्तरण गरेका छन ।

नेपाल तरुण दल बाराले उक्त रकम हस्तान्तरण कार्यक्रमको संयोजन गरेका थियो । रकम हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेस बारा र पर्साको जिल्ला नेताहरुको उपस्थिति समेत रहेको थियो । हस्तान्तरण गरिएको उक्त रकम आफ्ना शाखा र व्यक्तिबाट उठेको तरुण दलका केन्द्रीय अध्यक्ष बस्नेतले जानकारी दिएका छन्। उनका अनुसार नेपाल तरुण दलको अमेरिका शाखाले २ लाख, नेपाल तरुण दल दोलखा जिल्ला कार्य समितिले १ लाख १६ हजार र अर्घाखाँचीका सुरज पोखरेलबाट १० हजार सहयोग गरेका छन् ।

कार्यक्रममा बोल्दै नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जित जङ्ग बस्नेतले नेपाल तरुण दल हर हमेशा नै जनताको अधिकारको लागि र सुरक्षाको लागि अडिक रहने र जनतालाई कुनै पनि समस्या पर्यो भने नेपाल तरुण दल अगाडी आउने समेत प्रतिबद्धता जाहेर गरेका छन् । यस्तै उनले नेपाल तरुण दल देशलाई समृद्ध बनाउने चाहना राख्दछ भन्दै सबैलाई साथ दिन अनुरोध समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्