Logo

१०५ औ वि.पी जन्यतीको अवसरमा तरुण दलको रक्तदान कार्यक्रम


नेपाल तरुण दल भक्तपुर अन्तरगत सु.न.पा -४ इकाईले १०५ औ वि.पी जन्यतीको अवसरमा आज रक्तदान कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जित जङ्ग बस्नेत लगायत थुप्रै तरुणहरुको उपस्थिति रहेको थियो । यस्तै कार्यक्रममा नेपाली काँग्रेस भक्तपुर जिल्लाका सभापति दुर्लव थापाको पनि उपस्थिति रहेको थियो ।

बिहानीको कार्यक्रममा थुप्रैले रक्तदान गरेका थिए । यस्तै अरु संगै नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जित जङ्ग बस्नेतले पनि रक्तदान गर्नुभएको थियो । पछिल्लो समय समाजसेवा र यी यस्तै जनतालाई राहत दिने काममा नेपाल तरुण दल निकै अग्रसर भईरहेको छ । केहि दिन अगाडी मात्र नेपाल तरुण दल केन्द्रीय समितिले बारा र पर्सामा हावाहुरीबाट ज्यान गुमाएका ३१ जनाको परिवारलाई १ परिवार १० हजार नगद सबै परिवारलाई सहयोग समेत गरेका छन् ।

नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जित जङ्ग बस्नेत र कोषाध्यक्ष विद्वान गुरुङले उक्त रकम हस्तान्तरण गरेका थिए । आजको रक्तदान कार्यक्रममा बोल्दै नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जित जंग बस्नेतले रक्तदानले धेरैको जीवन रक्षा हुने र यो पुण्यको काम समेत रहेको बताएका छन् । यस्तै उनले यस्तै समाजसेवा र जनताको हितको काममा नेपाल तरुण दल हर हमेशा नै अगाडी आउने प्रतिबद्धता समेत जाहेर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्