२ उद्धमशील महिलाको प्रयासमा सुरु भयो B & S Makeup Studio and Training Center
सौन्दर्यता सबैको चाहना हो । तर पनि यो बढी जस्तो महिला बर्गमा लागु हुन्छ । राम्रो बनेर हिड्ने र आफ्नो अनुहारको सौन्दर्यतालाई सधै चम्किलो राख्ने धेरैको चाहना हुँदा हुँदै पनि राम्रो ब्युटीपार्लरको ज्ञान नहुँदा धेरै जनालाई असर परिरहेको छ । यहि समस्याको समाधान गर्ने हिसाबले अब सोरखुट्टेमा सम्पूर्ण सेवा सुविधाले भरिपुर्ण B & S Makeup Studio and Training Center को सुरुवात भएको छ । बिगत १० बर्ष देखि ब्युटीपार्लरकै क्षेत्रमा काम गरिरहेका २ अनुभवी महिलाहरुको लगानीमा यो पार्लर संचालनमा आएको हो ।
बिनि लिम्बु र सानु थापा जो आफैमा पनि कुशल र धेरै अनुभव बटुलेका ब्युटिसियन हुन् यी २ उद्धमशील महिलाहरुको प्रयासले सबैको सेवाको लागि यो पार्लर खुलेको छ । सोरखुट्टे ओरालो देखि मैपी जाने रोडमा यो ब्युटीपार्लर अवस्थित छ । यहाँ पार्लरको सम्पूर्ण काम गर्नुको साथै पार्लर सम्बन्धि तालिम पनि दिईन्छ । साथै यस पार्लरमा निकै सुपथ मुल्यमा सबै काम गरिन्छ । ग्राहकको सन्तुष्टि नै हाम्रो चाहना भन्ने मूल नाराको साथमा यो पार्लर अगाडी बढेको छ ।
ग्राहकहरु एक पटक यहाँ आउनु भयो भने फेरी पनि यहि नै आईरहने वातावरण बनाउने हाम्रो कर्तव्य हो भन्ने कुरा बिनि लिम्बुले बताएका छिन् । यस्तै अर्का संचालक सानु थापाले ग्राहकको चाहना अनुरुप र उहाहरुलाई कस्तो मेकअपले सुहाउने देखि लिएर सबै कुरामा ध्यान पुर्याएर नै यस पार्लरमा काम हुने प्रतिबद्धता समेत जाहेर गर्नुभएको छ । यस्तै उनले सबै ग्राहकलाई एकपटक यस पार्लरमा पाल्नको लागि अनुरोध समेत गरेकी छिन् ।
पार्लरमा जानको लागि सम्पर्क नं : बिनि लिम्बु – ९८४९२८४६११ र सानु थापा – ९८०८११०४६३ रहेको छ । साच्चै नै बदलिदो समय संगै धेरै कुरामा परिवर्तन आईसकेको छ । काठमाडौँको धुलो धुवा र वातावरणले मान्छेको छालामा धेरै असर गरिरहेको हुन्छ । यसकारण पनि सबैको लागि B & S Makeup Studio and Training Center सुन्दर र आकर्षक देखिन राम्रो स्थान हुन् सक्छ ।