Logo

ओम अस्पतालको लापरबाहीले महिलाको ज्यान गयो,२० लाखमा आफ्नै श्रीमतीको डील बाहिरियो ओम हस्पिटलको घिनलाग्दो पर्दाफास (भिडियो हेर्नुहोस )


चावहिलस्थित ओम अस्पतालमा पत्थरीको अप्रेसन गरेकी एक महिलाको मृ*त्यु भएको छ । धादिङको गंगाजमुना गाउपालिकाकी २९ वर्षीया अनिता गुरूङको अस्पालको गम्भीर लापरबाहीका कारण मृ*त्यु भएको हो । शुक्रवार दिउँसो हाँस्दै हिँडेर अस्पताल गएकी गुरूङको चिकित्सकहरूले शनिवार पत्थरी निकाल्न शल्यक्रिया गरेका थिए।शल्यक्रियापछि गुरूङको अवस्था सामान्य भएको भन्दै वार्डमा सारिएको थियो । चिकित्सकले अवस्था सामान्य भनेको ६ घण्टा वित्न नपाउँदै उनको मृ*त्यु भएको मृ*तकका आफन्तले बताए । शल्यक्रिया पछि स्वास्थ्य भएको विरामीको मृ*त्युु भएपछि मृ*तकका आफन्तले अस्पतालको लापरबाहीले गुरूङको मृ*त्यु भएको आरोप लगाएका छन् ।

अस्पतालले भने बिरामीको मृ*त्यु अप्रेसनमा भएको लापरवाहीले नभइ हर्ट अट्याकका कारण भएको दाबी गरेका छन् । पत्थरीको सफल शल्यक्रिया भएको बताएका चिकित्सकले केही मुटु चल्न छाडेका कारण गुरुङको मृ*त्यु भएको जनाएपछि मृ*तका आफन्त आन्दोलनमा उत्रिएका छन् ।उनीहरुले चिकित्सकले उपचारमा लापरबाही गरेका कारण अप्रेसन सफल भएपनि गुरुङको ज्यान गएको आरोप लगाएका छन् । ओम अस्पतालमा केही महिना अघि पनि पत्थरी को शल्यक्रिया को क्रममा सिन्धुपाल्चोकी एक महिलाको मृ*त्यु भएको थियो । भिडियो हेर्नुहोस

प्रतिक्रिया दिनुहोस्