Logo

देशभरका तरुण युवाहरुलाई तरुण दल केन्द्रीय अध्यक्ष जित जंग बस्नेतको आव्हान


प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले यति बेला दोस्रो जागरण अभियान सुरु गरिसकेको छ । अहिले देशभर नै यस अभियानको प्रभाव परिरहेको छ । यसमा नेपाल तरुण दलले पनि ठुलो भूमिका निर्वाह गरिरहेको छ । पछिल्लो समय नेपाली जनताको सुखदुखमा साथ दिदै अगाडी बढिरहेको नेपाल तरुण दलले सरकारको अनैतिक कामको विरोध गर्दै सरकारलाई खबरदारी गर्ने काम समेत गरेको छ ।

यहि बीच नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जित जंग बस्नेतले एक सूचना जारी गर्दै सबै तरुणहरुलाई पार्टीको कार्यक्रममा हातेमालो गर्दै अगाढी बढेकोमा धन्यवाद दिदै भोलि हुन गईरहेको नेपाली काँग्रेस जिल्ला समितिहरुको विरोध कार्यक्रममा सहभागी हुन आव्हान समेत गरेका छन् । उनको सुचनामा यस्तो लेखिएको छ : नेपाली कांग्रेस को ” हिमाल ,पहाड ,तराइ-मधेस दोश्रो जन जागरण अभियान” लाई ७७ वटै जिल्ला,नगर ,क्षेत्र ,गाउँ र वडा वडा मा उल्लासमय तबरले सफलता पुर्बक सम्पन्न गर्न आहोरात्र खटिनु भएका उर्जाबान जुझारु तरुण साथीहरूलाई नेपाल तरुण दल केन्द्रीय समिति र मेरो ब्यक्तिगत तर्फबाट विशेष धन्यवाद दिन चाहान्छु। साथै भोलि हुन गइरहेको नेपाली कांग्रेस जिल्ला समितीहरुको भ्रष्टाचार,मह्ङ्ही र अधिनायकवाद विरुद्धको बिरोध कार्यक्रममा सशक्त रुपमा प्रस्तुत भै लुटेरा र भ्रष्ट सरकार लाई खबरदारी गर्ने तरुण दायित्व पुर्ण रुप ले निर्बाह गर्नुहोला । जय नेपाल ,जय तरुण

यस्तै नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जित जंग बस्नेतले सबै तरुणहरुलाई एकजुट भई पार्टीको कार्यक्रम सफल बनाउन निर्देशन समेत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्