Logo

सभामुख कृष्ण बहादुर महरालाई बलात्कारकाे आरोप (हेर्नुहोस् भिडियोसहित)


संघीय संसद प्रतिनिधी सभाका सभामुख कृष्ण बहादुर महराले आफ्नो पदीय मर्यादा विपरित आम नागरिकले सोच्न पनि नसकिने हर्कत गरेका छन्। महराले संसदमै काम गर्ने एक महिला कर्मचारीलाई उनकै डेरामा गएर जवर्जस्ती करणी गरेको आरोप लगाएकी छिन्। आइतवार साँझ ती महिला कर्मचारी स्नेहा (नाम परिवर्तन)लाई सभामुख महराले तिनकुनेस्थित उनको डेरामै गएर जवर्जस्ती करणी गरेको आरोप लगाएकी हुन्।

मदिराले लठ्ठ भएर स्नेहाको डेरामा गएका महराले त्यहाँ जवर्जस्ती उनलाई मदिरा पिलाएका थिए। मदिरा समेत आफैले लिएर गएका उनले स्न्याक्सका लागि काजु वदाम समेत लगेका थिए। आफ्नो घरमा श्रीमान नभएको र श्रीमान नभएको बेलामा नआउन भनेपनि महराले सो कुरालाई सुनेनन्। बरु सुरक्षाकर्मीहरुलाई साथ लिएर उनी करणी गर्ने मनसायले स्नेहाको डेरामा पुगेको उनले त्यहाँ गरेको हर्कतले समेत पुष्टी भएको छ।

प्रेस सल्लाहकार भन्छन् – सभामुख महरालाई लागेको आरोप निराधार 

सभामुख कृष्ण बहादुर महरालाई लागेको करणीको आरोप निराधार रहेको उनका प्रेस सल्लाहकार डिल्ली मल्लले विज्ञप्ती जारी गर्दै आरोपको खण्डन गरेका छन्।सभामुख आइतवार घट्ना भएको समयमा आफ्नै निवासमा रहेको पनि विज्ञप्तिमा जनाईएको छ। कर्मचारी समायोजनको बिषयलाई लिएर महिला कर्मचारीले असन्तुष्टी पोखेको विज्ञप्तिमा जनाईएको छ।

सभामुखलाई लगाईएको निराधार र कपोलकल्पित आरोपप्रति सचिवालयले कडा आपत्ती जनाईएको जारी विज्ञप्तीमा भनिएको छ। सभामुख महरालाई संसद सचिवालयकी एक महिला कर्मचारी माथि करणी गरेको आरोप लागेको छ। हाम्राकुरा डटकमकाे सहयाेगमा

प्रतिक्रिया दिनुहोस्