Logo

प्रधानमन्त्री ओलीको एपेन्डिक्सको ‘इमर्जेन्सी’ अप्रेसन ओली हाल भेन्टिलेटरमा, यस्तो छ उनको अवस्था (भिडियो हेर्नुहोस)


प्रधानमन्त्री केपी शर्मा ओलीको एपेन्डिसाइटिसको शल्यक्रियापछि इलेक्टिभ भेन्टिलेटर (कृत्रिम स्वासप्रश्वास) मा राखिएको छ । सोमबार रातिदेखि पेट दुखेपछि मंगलबार बिहानै मनमोहन कार्डियोभास्कुलर ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको थियो । उनलाई एपेन्टिसाइट भएका कारण शल्यकृया गरिएको छ । उनको शल्यकृया सफल भएको चिकित्सकले जनाएको छ । ओलीको मंगबार मध्याहन्न एपेन्टिसाइटिसको शल्यक्रिया गरिएको असेन्टरले जनाएको छ ।

शल्यकृया पछि उनलाई सहज बनाउन भेन्टिलेटर राखेको अस्पताल स्रोतले बताएको यद्यपि सेन्टरद्धारा जारी विज्ञप्तिमा भने सो उल्लेख छैन । ओलीलाई निरन्तर निगरानीमा भने राखिएको र आवश्यक सम्पूर्ण व्यवस्था पनि रहेको जनाइएको छ । विज्ञप्तिमा प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी दिइएको छ । अन्य स्वास्थ्य समस्या पनि भएकाले उपाचारमा कति दिन लाग्ने भन्ने यकिन नभएको बताइएको छ । एपेन्डिसाइटकै शल्यक्रियामा भने ३ दिन पछि डिस्चार्ज गर्न सकिने स्रोतले जनाएको छ । भिडियो हेर्नुहोस

प्रतिक्रिया दिनुहोस्