Logo

शुक्रबार स्पेसल : “सरौतो”, फिल्म क्षेत्रमा लियो ट्यांकको प्रवेश


हो हफ्ता देखि नेपाली फिल्म क्षेत्रमा भित्रिएको एक नाम लियो ट्यांक । सुन्दा अलिक फरक यो नामको आफ्नै बिशेषता छ । यो नाम बेलायतमा चलेको नाम हो तर नेपालमा भने उनि टंक धमला भनेर चिनिन्छन । यो हफ्ता देखि प्रदर्शनमा आएको चलचित्र “सरौतो” का मुख्य कलाकार हुन् लियो ट्यांक । पेशाले उनि हाल चार्टर्ड एकाउन्टेन्ट हुन् । तर मोह भने कलाकारिताको छ । कैलालीमा जन्मेका उनि आफ्नै कथा छ । कैलाली देखि काठमाडौँ र काठमाडौँ देखि बेलायत त्यसपछि फेरी फिल्म क्षेत्र । यो लामो दुरी हो जसलाई उनले पारे गरे ।

काठमाडौँ रहंदा उनले रेडियोमा काम गरे । त्यसपछि उनि बेलायत लागे र त्यहाँ फिल्म पढ्ने चाहना देखाए तर केहि समय पछि उनले आफुले नसक्ने सोचेर चार्टर्ड एकाउन्ट पढ्ने सुर गरे । नेपाली फिल्म हेर्ने बानी भएको उनि भन्छन सानै देखि फिल्म प्रति अधिक मोह थियो । धेरैले उनलाई फिल्मी किरो उपनाम दिन्थे । नेपाली फिल्मलाई विश्व बजारसम्म पुर्याउने सोच राख्ने उनि नेपाली फिल्ममा आफु शक्रिय भएर लाग्ने बताउँछन। नेपालमै बसेर केहि गर्न मन भएका लियोलाई नेपाली फिल्ममा काम गरेर पैसा कमाउन निकै गाह्रो छ जस्तो लाग्छ ।

लण्डन बसेर नेपाली फिल्ममा काम गर्न त्यति सहज नभए पनि आफु व्यवस्थापन गरेर काम गर्ने उनको सोच छ । यदि त्यै प्रकारको व्यस्तता बढ्यो भने नेपालमै सिफ्ट हुने उनको चाहाना रहेछ । तर, लण्डन मै बसेर पनि खासै गाह्रो नहुने उनी बताउँछन् । हिट र फ्लपको कुरा गर्दा उनि भन्छन् ’मिडियामा काम गर्नु नै आफ्नो लक्ष्य भएकाले गर्दा आफु फ्लप हुन्छु कि भन्ने तिर सोच नजादो रैछ । फ्लप भए पनि आफुले चाहेको काम त गर्न पाइन्छ नि । आफुलाई मन परेको काम गर्दा कसले के भन्छ कि, पैसा कमाईंदैन कि, फ्लप भइन्छ कि भन्ने कुराले माने राख्दैन ।’

अहिलेको उनको पेश राम्रो छ पैसा कमाएका छन् सुविधा छ तर पनि उनलाई नेपालले तानेको छ । आफ्नो देश भनेको आफ्नै हुँदो रहेछ भन्ने कुराको महसुस उनलाई भएको छ । तर यहिनिर जीवनयापनको सवाल आउछ जसको लागि उनि बेलायतमा छन् । नेपालमा बसेर त्यो सम्भव नभएको उनको तर्क छ तर पनि आगामी दिन सबै मिलाएर नेपालमै रहने भने उनको चाहना छ । चलचित्र “सरौतो” नारी प्रधान र समाजको मूलधारलाई बिशेष प्राथमिकतामा राख्दै यो चलचित्रको निर्माण भएको छ । चलचित्र एक्सनले भरपुर छ । धेरै पछि दर्शकहरुले जोडदार फिल्म हेर्ने मौका आएको छ ।

फिल्मको प्रोमोसनमा पनि उनि नेपाल आउन सकेनन । प्राप्त जानकारी अनुसार अहिले उनि बलिउड फिल्मको लागि छलफलमा ब्यस्त भएको हुँदा एता आउने समय मिलाउन गार्हो भएको कुरा छ । ट्रेलरलाई आधार मान्ने हो भने धेरै पछि नेपाली फिल्म क्षेत्रमा नया पुस्तालाई सम्हाल्न सक्ने कलाकारको उत्पत्ति भएको आभास हुन्छ ।

उनको बोलि र एक्सन र शारिरीक बनाउट धेरै कुराले उनलाई मदत गरेको छ । तर यसको फैसला त अब दर्शकले नै गर्ने हो ।

एक हिसाबले भनौ उनको काउनडाउन सुरु भएको छ । फिल्म आजबाट लाग्दै छ दर्शकले उनलाई कुन रुपमा स्वीकार्ने हो त्यो भने हेर्न बाँकी नै छ तर सम्भावना बोकेको र आगामी दिन नेपाली फिल्म क्षेत्रको भार थाम्न सक्ने कलाकारको रुपमा लियो ट्यांकको रुपमा हेर्न सकिन्छ । चलचित्रमा “सरौतो” मा लियो ट्यांक संगै सुमी मोक्तान, विजय लामा लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्