Logo

सिद्धबाबाको म्यासेज “अंगालोमा बेरिएर चुम्न मन छ”बाहिरिए पछी बाबा जि लाई हर्ट अट्याक(भिडियो हेर्नुहोस )


बलात्कारको आरोप लागेर अदालतबाट पक्राउ पूर्जी समेत जारी भइसकेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई ‘हर्ट अट्याक’ भएको छ ।विराटनगरको विराट नर्सिङ होममा रहेका सिद्धबाबालाई हर्ट हट्याक भएको भन्दै चिकित्सकहरुले सघन उपचार कक्ष (आईसीयू)मा राखेका छन् ।आइतबार बिहान जिल्ला प्रहरी कार्यालय सुनसरीको टोली बलात्कार आरोपित सिद्धबाबालाई पक्राउ गर्न विराट नर्सिङ होम पुगेको थियो ।

तर, चिकित्सकहरुले उनलाई हर्ट अट्याक भएकाले बाहिर लैजान दिएनन् ।प्रहरी सिद्धबाबालाई पक्राउ गरी अदालत पेश गर्ने तयारीमा थियो । तर, चिकित्सकहरुले उनलाई बाहिर लैजान नमिल्ने भनेपछि पक्राउ नगरी फर्किएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक (डिएसपी) विनोद शर्माले जानकारी दिए । भिडियो हेर्नुहोस

प्रतिक्रिया दिनुहोस्