Logo

२० दिनको सुत्केरी श्रीमती छाेडेर श्रीमान बेपत्ता,दुईवटा बच्चालाई खान दिन सकेको छैन भन्दै रुदै बिजोक(भिडियो हेर्नुस्)


काठमाडौं । ठूलो छोरा दुई वर्षको छ । अहिले सुत्केरी भएको २० दिन भैसक्यो तर तीन छाक देखि खान पाएकी छैनन् । घरमा खानेकुरा केही छैन । तर श्रीमान भने सुत्केरी भएको भोलीपल्ट घर आएका थिए तर एकछिन बसेर फेरी फर्किए । श्रीमानको अरु महिलासंग सम्बन्ध भएका कारण आफुलाई वेवास्ता गरेको ति महिलाको भनाई छ । यो भिडियोमा प्रस्तुत भएको कथाले पक्कै पनि जो कसैको मन पग्लन सक्छ ।

घरमा खानेकुरा केही नभएपछि सासु ससुराले पनि होटलमा गएर खान्छन् घरकी सुत्केरी भने भोकै । श्रीमानले वेवास्ता नगरेपछि घरका अन्य सदस्यले पनि वास्ता गर्दैनन् । दुई वर्षको बालकले त खान पाएका छैनन् तर भर्खर जन्मेको शिशुले पनि खान पाएन । सुत्केरी आमाले केही खान नपाएका कारण दुध पनि आएन । भर्खरै सुत्केरी भएको बेलामा पनि घरका परिवारले सहयोग नगरेपछि रगत बगाउँदै घरको घरधन्दा आफै गर्नुपरेको सुत्केरी महिलाले बताइन् । अन्य घरका सदस्यले खाएको भाँडाकुँडा पनि सुत्केरीले नै माझ्दै आएको बताइन् । सुत्केरीले पानी खान माग्यो भने जवाफ लगाउँदै हिड्ने गरेको उनको गुनासो छ । भिडियो हेर्नुस्

प्रतिक्रिया दिनुहोस्