भुटानलाई २-१ गोल अन्तरले पराजित गर्दै नेपालले पुरुष फुटबलमा स्वर्ण जित्यो(भिडियोसहित)
नेपालले १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा स्वर्ण पदक जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भुटानलाई २(१ गोल अन्तरले पराजित गर्दै नेपालले स्वर्ण पदक जितेको हो ।नेपाललाई स्वर्ण दिलाउन अभिषेक रिजाल र सुनिल बलले एक एक गोल गरे ।खेलको १६ औं मिनेटमा अभिषेकले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । भुटानका कप्तान चेन्चो ग्याल्सेनले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।तर, खेलको ५२ औं मिनेटमा सुनिलले गोल गर्दै नेपाललाई स्वर्ण पदक दिलाए । यससंगै नेपालले लगातार दोस्रो पटक साग फुटबलमा स्वर्ण पदक जितेको छ ।भुटानले भने पहिलो पटक साग फुटबलमा रजत पदक जितेको छ ।यो सँगै नेपालको स्वर्ण संख्या ५१ पुगेको छ ।