प्रताप र प्रबिशाको अर्को महत्वाकांक्षी गीत
सुन्दर सुदुरपश्चिम प्रदेशको डोटी जिल्ला शिखर नगरपालिका क्षेत्रमा अवस्थित विभिन्न रमणीय तथा पर्यटकिय क्षेत्रमा छायांकन गरिएको लोकप्रिय गायक प्रताप दास र प्रविशा अधिकारीको आवाज रहेको ” तिमिलाई मुटु भित्र..सार्वजनिक भएको छ । साधुराम गुरुङको शब्द तथा राजकुमार बगर उत्कृष्ट संगित रहेको उक्त भिडियो पछिल्लो समय दर्सकबाट रुचाइएको जोडी सनम कठायत र समिक्षा पोखरेलको आकर्षक प्रेमिल चित्रण हेर्न सकिन्छ । अन्जन शर्माको निर्देशन, मुकेश हुमागाइको छायांकन र टेकेन्द्र शाहको सम्पादन रहेको उक्त गीतको निर्माण र व्यवस्थापन एभरेष्ट ग्यालरीले गरेको छ । कला ,संस्कृती र पर्यटन क्षेत्रको बिकास र विस्तारको लागि सबै हातेमालो गरे मात्रै दिगो बिकास संभव छ भन्दै शिखर नगर पालिकाका बिकासप्रेमि नगर प्रमुख सिताराम जोशीले डोटी शिखर घुम्न पनि आव्हान गर्नु भएको छ ।