तरकारी खान पाएनौ भनेपछी सहयोग लिएर सबिता माता पुगिन बालगृह, बालबच्चाको अनुहारमा खुशी
अनेकौ आश्चर्य चकित भविष्यवाणी गरेर धेरैको माझमा चर्चामा आएकी सबिता आचार्य (माता) ले भविष्यवाणी संगै सामाजिक कामहरु पनि गर्ने गरेकी छिन् । उनले आफुले आम्दानी गरेको पैसाबाट बेलाबखतमा समाजसेवा गरिरहेकी हुन्छिन । यस्तै उनले आज कपनमा रहेको केयर बाल गृहलाई चामल, चिनी र तेल लगायतका सामग्री सहयोग गरेकी छिन् । थुप्रै अनाथ बालबच्चाको हेरविचार गरिरहेको उक्त बालगृहलाई सबिता माताले समाजसेवाको हिसाबमा सहयोग गरेकी हुन् ।
समाजको दुखमा उनले धेरै नै साथ दिदै आएकी छिन् । व्यक्तिगत हिसाबमा नै उनले थुप्रै आश्रमहरुलाई सहयोग गरिसकेकी छिन् । अलिकति खुलेर भन्ने हो भने उनि कुनै सेलिब्रेटी भन्दा कम छैनन् । उनको प्राय मिडियामा अन्तर्वार्ता आईरहेको हुन्छ भने उनले बोलेको कुरालाई पनि जनताले निकै गहन तरिकाले लिएको समेत देखिन्छ । उनले गरेका अधिकांश सबै भविष्यवाणी मिलेको छ । उनको घरमा दिनहु जस्तो प्रतिष्ठित व्यक्तिहरु देखि सर्वसाधारणको आफ्नो भाग्य हेराउन भिड लाग्ने गर्दछ ।
व्यक्तिगत हिसाबमा सबिता माता भने आफुलाई दिन दुखीलाई र आवश्यक परेको ठाउमा सहयोग गर्न पाउँदा आफ्नो मनलाई शान्ति मिल्ने बताएकी छिन् । मिडियामा बोल्दै उनले राम्रो र नराम्रो भन्ने सबै ठाउमा हुन्छन तर पनि आफुले ति त्यस्ता कुराको पछि नलागेर निष्ठापुर्वक तरिकाले सत्यको बाटोमा हिडेर आफुले सक्ने सहयोग समाजमा गर्ने प्रतिबद्धता समेत जाहेर गरेकी छिन् ।