Logo

समन्वय र सहकार्यमा लैगिंक हिंसा घटाउन सकिन्छ


नेपालको प्रदेश नं २ र ६ मा गरेको अध्ययन अनुसार महिला हिंसाका घटनाहरु हेर्दा घरेलु हिंसा , प्रविधिजन्य हिंसा , बलात्कार ,वहुविवाह,वालविवाह , मानव तस्करी, लगायतका पाईएको छ । संकल्प ,दलित महिला संघ , मानव अधिकारको लागि एकल महिला समुहले नामक संस्थाले संयुक्त रुपमा गरेको अध्ययनबाट सो अवस्था बाहिर आएको हो । संस्थाले प्रदेशको आधिकारीक निकायमा दर्ता गरिएका महिला हिंसाको मुद्धाहरुलाई हेर्दा कतिपय ठाउमा उजुरीनै नपरेको , नया प्रकारको हिंसाको सम्वोधन नभएको , उजुरी गरेका मुद्धाहरुहरुको सुनुवाई नभएको पाईएको छ ।

यसै तथ्यको आधारमा आज आयोजना गरिएको लैगिंक हिंसामा आधारीत तथ्याङ्कगत संवाद कार्यक्रममा पित्तृसत्तात्मक सोचनै महिला हिंसाको कारक तत्व भएकोले यसलाई परिवर्तन गर्न सम्पुर्ण सरोकारवालाहरुविच समन्वय र सहकार्यमा काम आगडि बढाउनुपर्नेमा संचार माध्यममा आवद्ध पुरुषहरुले जोड दिएका छन् ।संचारक्षेत्रमा आवद्ध पुरुषहरुले महिलामाथि हुने विभिन्न प्रकारको हिंसाको घटनालाई कम गर्न यससम्वन्धि वास्तविक तथ्याङ्क बाहिर ल्याउन आवश्यक रहेको बताउदै तथ्याङ्क विना संचारमाध्यमले यस्ता समस्यालाई तथ्यपरक ढंगबाट बाहिर ल्याउन नसक्ने बताएका छन् ।

संचारीका समुहका पुर्व अध्यक्ष निर्मला शर्माको सहजिकरण गर्नुभएको सो कार्यक्रममा महिला अधिकारकर्मि लिलि थापाले पछिल्लो समय बदलिदै गएको हिंसाको स्वरुपहरुबारे अनुसन्धान गर्न आवश्यक रहेको बताउदै हिंसा विरुद्ध आवाज उठाउदा यसले आफुलाईनै फाईदा हुन्छ भन्ने विषयमा सचेत हुन आवश्यक रहेको बताउनुभएको छ । कार्यक्रममा समाचार पत्रका सम्पादक कपिल काफ्लेले महिलामाथि हुने हिंसाको कारक तत्व पित्तृसत्तात्मक सोच रहेको र त्यो पुरुषमा मात्र नभई महिलामा समेत रहेकोले त्यसलाई हटाउन महिला पुरुषविच हातेमालो आवश्यक रहेको औल्याउनुभयो ।

विश्लेषक युग पाठकले हिंसा अन्त्यको लागि अहिलेसम्म गरेका अभियानहरुको पुर्नरमुल्याङ्कन आवश्यक रहेको बताउनुभयो । पत्रकार दिलभुषण पाठकले हिंसा अन्त्यको अभियानलाई साच्चिकै परिणाम मुखि बनाउन सम्पुर्ण क्षेत्रको सहकार्य बलियो हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा खोजपत्रकारीता केन्द्रका बावुराम विश्वकर्माले प्रदेश नं २ का ८ जिल्लामा खोज पत्रकारीता केन्द्रले गरेको अध्ययन अनुसार महिला हिंसा १६ गुणाले बढेको जानकारी गराउनुभएको छ ।संचारकर्मि सुमन वस्नेत , अशोक दर्नालले नेपालमा कुनै पनि विषयमा अध्ययन अनुसन्धान गर्ने विज्ञ संस्थाको खाचो औल्याउदै महिलाको सूचनाको हक ,स्वतन्त्रताको हकलाई अभियानले एकठाउमा जोड्न आवश्यक रहेको बताउदै महिला शसक्तिकरण अभियानमा मुल्य उपयोगिताको विश्लेषण हुन जरुरी रहेको बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्