Logo

निर्माण अगावै लण्डनमा यसरी सुरु भयो मिलन चाम्सको “गोर्खा वारीयर” को प्रचारप्रसार, दयाहाङ देखि प्रशान्त तामाङ सम्मको अभिनय


चर्चित निर्देशक तथा निर्माता मिलन चाम्सको निर्देशनमा बन्न लागेको चलचित्र “गोर्खा वारीयर” को नया खबर बाहिर आएको छ । सुन्दा यस खबरले धेरैलाई अच्चम्म पार्न सक्छ । हो दर्शकबिन यो चलचित्र २०२१ मा विश्वोभर एकसाथ रिलिज गरिने भनेर घोषणा गरिसकिएको छ । तर चलचित्र प्रचारप्रसार भने अहिले देखि नै सुरु भईसकेको छ । यस चलचित्रको लण्डन विश्वो प्रिमिएरमा दस हजार दर्शक भेला गराउने उदेश्यले लण्डनमा पहिलो चोटी डबल बसबाटै अहिलेबाट नै प्रचारप्रसार सुरु गरेको छ । चलचित्र २०२१ मा विश्वोभर नै एकसाथ प्रदर्शन हुनेछ ।

अहिलेको यसको तयारीमा मिलन चाम्स र उनका टिम ब्यस्त रहेको छ । नेपाली र अंग्रेजी भाषामा बनिने यस चलचित्रलाई लण्डन सिने आई प्रोडक्सनले निर्माण गर्नेछ । हुन त उसै पनि नया काम र अरु भन्दा केहि फरक गर्ने मान्छेहरुको भिडमा निर्देशक मिलन चाम्सको नाम सबैभन्दा अगाडी नै आउछ । यहि अनुरुप मिलन चाम्सले यसपटक पनि केहि नया नै गरेका छन् । लामो समय भयो उनि निर्देशित चलचित्र नेपाली बजारमा नआएको । यो लामो समय उनले आफ्नो नया चलचित्रको बिशेष तयारीमा बिताईरहेका छन् ।

यस्तै चलचित्रमा ५० प्रतिशत प्राविधिक व्यक्तिहरु हलिउडको रहने जानकारी प्राप्त भएको छ । यस्तै चलचित्रमा नव नायक रितेश चाम्स, दयाहाङ राई, बर्षा शिवाकोटी, इन्डियन आईडल प्रशान्त तामाङ, क्याप्टेन विजय लामा, बुद्धि तामाङ, मावोत्से गुरुङ, रुपा पुन, कविता आले र अन्य हलिउड कलाकारको अभिनय रहने छ । चलचित्रको लेखन प्रदिप भारद्वाजले गरेका छन् । चलचित्रको अफिसियल पोस्टर पनि सार्वजनिक गरिसकिएको छ ।

चलचित्रको पोस्टर पनि निकै आकर्षक बनेको छ । निर्देशक मिलन चाम्सको अनुसार यस चलचित्रले वीर नेपाली गोर्खालीको प्रतिनिधित्वो गर्दै नेपाल र नेपालको इतिहासलाई विश्वोभर नै चिनाउने प्रतिबद्धता जाहेर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्