Logo

भगवान जस्तै घरबेटी,को,रोनाको दु,खाइमा तीन महिनाको कोठा भाडा नलिने माहान घरबेटी,हरिहरबाट हरेक घरबेटीले सिक्न पर्छ


यो सं,कटको घडीमा कलंकीका हरिहर लामिछाने काठमाडौंका हजारौं घरबेटीको निम्ति उदाहरण बनेका छन्। उनले आफ्नो घरमा डेरा बसिरहेका दुई परिवारलाई तीन महिनाको घरभाडा छुट दिने घोषणा गरेका छन्। दुवै परिवारले मासिक छ-छ हजार रूपैयाँ तिरिरहेका हरिहरले जानकारी दिए।हरिहरले फेसबुक पोस्टमार्फत् सार्वजनिक रूपले यस्तो घोषणा गरेका हुन्। उनी मकवानपुरबाट एसएलसी सकेर पढ्नलाई काठमाडौं आएका थिए। त्यस बेला कलंकीमै डेरा बसेका उनी नेपाल ल क्याम्पस भर्ना भए। निजी कार्यालयमा सानोतिनो काम गर्थे। तलब थोरै थियो। त्यसैबाट दुखजिलो गरेर काठमाडौंमा गुजारा गर्नुपर्थ्यो।

‘मेरो बुवा पण्डित हुनुहुन्थ्यो। काठमाडाैं बसेका छोराहरूलाई खर्च पठाइदिने उहाँको हैसियत थिएन। म र मेरो दाजु आफैंले जोहो गरेर बस्यौं,’ हरिहरले भने, ‘कमाएको पैसा घरभाडा तिर्न ठिक्क हुन्थ्यो।’उनले अगाडि भने, ‘डेरावालहरूको सम,स्या मलाई थाहा छ। म पनि कुनै समय त्यो सम,स्याबाट गुज्रेर आएको छु। आप,तविपत पर्दा डेरा भाडा मात्र तिर्न नपरे पनि निकै सहज हुन्छ। । भिडियो हेर्नुहोस

प्रतिक्रिया दिनुहोस्